Close

Recent Posts

मलेसियामा सामाजिक भ्रमण र कामदार भिसा व्यापार गरे पक्रिने चेतावनी

मलेसियामा सामाजिक भ्रमण र कामदार भिसा व्यापार गरे पक्रिने चेतावनी
  • २५ जेष्ठ २०८३, सोमबार १६:१५

काठमाडौं– मलेसियाको गृह मन्त्रालयले सामाजिक भ्रमण पास र कामदार भिसा को दुरुपयोग गर्दै अवैध रूपमा व्यापार तथा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिकविरुद्ध देशव्यापी विशेष कारबाही अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

mulpatra

गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतियोन इस्माइल ले सामाजिक पास र कामदार भिसा लिएर मलेसियामा प्रवेश गरी व्यापारिक गतिविधिमा संलग्न हुने विदेशीहरूको संख्या बढ्दै गएको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न अध्यागमन विभाग, स्थानीय निकाय तथा सम्बन्धित निकायहरूलाई संयुक्त रूपमा परिचालन गरिने बताए ।

उनका अनुसार सामाजिक पास पर्यटन, पारिवारिक भेटघाट वा छोटो अवधिको भ्रमणका लागि मात्र प्रदान गरिने भएकाले त्यसको दुरुपयोग गरी पसल सञ्चालन गर्ने, अनलाइन व्यापार गर्ने वा अन्य व्यवसायिक गतिविधिमा संलग्न हुने व्यक्तिहरूमाथि कडा निगरानी गरिनेछ ।

mulpatra

मन्त्री सैफुद्दिनले कामदार भिसा बोकेका कानुन उल्लंघन गर्ने विदेशी नागरिकमात्र होइन, त्यस्ता गतिविधिलाई सहयोग गर्ने स्थानीय व्यक्तिहरूमाथि समेत कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयले सबै विदेशी नागरिकलाई आफ्नो भिसा तथा पासको शर्तअनुसार मात्र गतिविधि सञ्चालन गर्न आग्रह गर्दै नियम उल्लंघन गरेमा पक्राउ, जरिवाना, पास रद्द तथा देश निकाला जस्ता कारबाही हुन सक्ने जनाएको छ ।

Image Source: © https://mulpatra.com