Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

साउदीको एसभिपि २४ मेमै खुल्योः सरकारलाई पत्तो भएन, संघको तत्कालिन कार्यसमिति किन मौन

कामदारमाथि आर्थिक भारसहित सिण्डिकेट कि साउदीको मापदण्ड

साउदीको एसभिपि २४ मेमै खुल्योः सरकारलाई पत्तो भएन, संघको तत्कालिन कार्यसमिति किन मौनकामदारमाथि आर्थिक भारसहित सिण्डिकेट कि साउदीको मापदण्ड
  • २ असार २०८३, मंगलवार ११:१७

काठमाडौं– साउदी अरबले वैदेशिक कामदार भर्नासम्बन्धी सीप प्रमाणीकरण कार्यक्रम (एसभिपि) प्रणाली २०२६, २४ मेमै सञ्चालनमा आएको पाइयो ।

mulpatra

एसभिपिको पहिलो ट्रेनिङख सेन्टर बसुन्धारामा २४ मै खोलिएको थियो । तर, एसभिपिको सेन्टर खोलिएको विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय बेखबर छ । साउदी रोजगार बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायहरूले समयमै जानकारी नदिँदा व्यवसायी र कामदार दुवै प्रभावित भएका छन् ।

एसभिपिमा साउदी जाने कामदारले ३० हजारसम्म खर्च ब्येहोर्नुपर्ने समेत बताइएको छ । यो यकिन भइ नसकेको पनि बताइएको छ ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय तथा नेपाली दूतावासबीच प्रभावकारी समन्वय नहुँदा साउदीको नयाँ प्रणालीबारे पर्याप्त जानकारी नेपालमा ढिलो पुगेको व्यवसायीहरूको गुनासो छ ।

प्रश्न उठेको छ– साउदीमा लागू भएको यति महत्वपूर्ण परिवर्तनबारे सरकार किन बेखबर रह्यो ? र व्यवसायीहरूको हकहितको प्रतिनिधित्व गर्ने संघको तत्कालीन नेतृत्वले समयमै चासो किन देखाएन ?

नेपाल सरकारका सम्बन्धित निकायलाई समेत जानकारी एसभिपि खोलिएको विषयमा तत्कालिन वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ भने जानकार रहेको र उनले यस विषयमा आफुनिटक केही व्यवसायीसँग छलफल समेत गरेको पाइएको छ ।

Image Source: © https://mulpatra.com

अझ अचम्मको कुरा, साउदीमा नेपाली कामदार पठाउने प्रमुख गन्तव्यसँग सम्बन्धित यति महत्वपूर्ण विषयमा वैदेशिक रोजगार व्यवसायी संघको तत्कालीन गुरुङसहितको कार्यसमिति समेत मौन देखियो । यसमा उनको साँठगाँठ पनि भएको कतिपय व्यवसायीको अनुमान छ ।

यो एसभिपि पहिलो ट्रेनिङ सेन्टर बसुन्धाराकै गुरुङकै म्यानपावर कम्पनीभन्दा २ मिटर नजिकै खोलिएको छ ।

संघमा हालै नयाँ कार्यसमिति आएको छ । साउदी अरबले वैदेशिक कामदार भर्नासम्बन्धी सीप प्रमाणीकरण कार्यक्रम (एसभिपि) नयाँ कार्यसमिति आउनु अगाडी खोलिएको विषयमा आफनो नेतृत्वमाथि आरोप चिन्ता व्यक्त गरेको छ ।

साउदी सरकारको एसभिपिलाई सिण्डिकेट हो भनेर विरोध सुरु भएको छ । तर साउदी सरकारले १३ वटा देशमा एसभिपि प्रमाणिकरण गरेर कामदार लैजाने गरेको समेत देखियो ।

भारत, बंगलादेश, श्रीलंका र अन्य स्रोत देशबाट यही प्रणालीमार्फत कामदार लैजाने गरेको विषयमा साउदी सरकारले गत माघमै तत्कालिन श्रममन्त्री राजेन्द्रसिंह भण्डारी जानकारी गराएको थियो । त्यतिबेला छलफल गर्नुपर्ने र साउदीको प्रणालीमा अध्ययन गर्न मात्र मन्त्री छलफलमा बताएका थिए ।

नेपालमा हकमा सरकारको अनुमतिबिना नै सिधै ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याउँदा सिण्डिकेट हो कि भन्ने समेत आशंका गर्ने ठाँउ देखिएको छ ।

एसभिपिका विषयमा जानकारी नभएको र यस विषयमा तत्काल छलफल गर्ने समेत श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

इजरायल, बेलायत र दक्षिण कोरिया सरकारले कामदार पठाउँदै आएको छ । ती देश जाने कामदारका हकमा समेत स्कील टेष्ट गरिन्छ । साउदी सरकारले समेत आफना देशमा आउने कामदारका हकमा स्कील टेष्टको विधि अपनाएको हुनसक्ने अनुमान सुमेत गरिएको छ । यी पनि सरकारले सिमित क्षेत्र तोकेका कारण सिण्डिकेटकै आरोप छ ।

म्यानपावर व्यवसायी एसभिपि प्रणाली लागू भएपछि मागपत्र प्रमाणीकरण, भिसा प्रक्रिया र कामदार छनोटमा नयाँ व्यवस्था लागू भएको छ । तर यसबारे समयमै छलफल, अभिमुखीकरण वा सरकारी स्पष्ट निर्देशन नआउँदा धेरै व्यवसायी अन्योलमा परेका छन् ।

वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूले अब सरकार, दूतावास र व्यवसायी संघबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन तथा यस्ता विषयमा समयमै जानकारी उपलब्ध गराउन माग गरेका छन् । यस विषयमा सम्बन्धित निकायको जवाफ र जिम्मेवारीबारे पनि व्यवसायीहरूले स्पष्टता खोजिरहेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com