मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस, विश्वले भोग्दै आएको संकट समाधानमा जोड
काठमाडौं– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको हो ।
मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रसंघका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भू–भागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः बेवास्ता गरिएका पारिस्थितिक प्रणालीमध्ये एक हुन् ।
खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । विश्वभर करिब दुई अर्ब मानिसको जीवनयापन यिनै चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख छन् ।
यो दिवसका अवसरमा विश्व समुदायले चरन क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्वलाई स्वीकार गर्न, तिनका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा क्षयीकरण भएका चरन क्षेत्रको पुनःस्थापनामा लगानी बढाउन आह्वान गरिएको छ ।
Image Source: © https://mulpatra.com
राष्ट्रसंघले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरण भइसकेका जनाएको छ । यसबाट खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
विशेषज्ञहरूले पनि दिगो भूमि तथा जल व्यवस्थापन, खडेरीपूर्व तयारी र समुदायको सहभागितामा आधारित पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



