साउदीको एसभिपिविरुद्ध बैरो संघसहित व्यवसायी आन्दोलनमा उत्रियो, सिण्डिकेट असम्भव
काठमाडौं– साउदी अरबले वैदेशिक कामदार भर्नासम्बन्धी सीप प्रमाणीकरण कार्यक्रम (एसभिपि) प्रणाली २०२६, २४ मेमै सञ्चालनमा आएको पाइयो । यसको विरोधमा म्यानपावर व्यवसयायीहरु आन्दोलनमा उत्रिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघले बसुन्धारामा खोलेको उक्त कार्यालय घेरा गरेको छ ।

संघका सचिव केदारनाथ अधिकारीले उदी अरबले वैदेशिक कामदार भर्नासम्बन्धी सीप प्रमाणीकरण कार्यक्रम (एसभिपि) प्रणाली आवश्यक नरहेको जाकारी दिए । उनले वैदेशिक रोजगारीमा बेथीति अन्त्यका लागि हाम्रो ध्यान तानिएको छ । एसभिपि जबरजस्ती कसैको स्वार्थमा ल्याएको संघलाई मान्य नहुने उनले बताए ।
एसभिपिको पहिलो ट्रेनिङख सेन्टर बसुन्धारामा २४ मै खोलिएको थियो । तर, एसभिपिको सेन्टर खोलिएको विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय बेखबर छ । साउदी रोजगार बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायहरूले समयमै जानकारी नदिँदा व्यवसायी र कामदार दुवै प्रभावित भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रश्न उठेको छ– साउदीमा लागू भएको यति महत्वपूर्ण परिवर्तनबारे सरकार किन बेखबर रह्यो । व्यवसायीहरूको हकहितको प्रतिनिधित्व गर्ने संघको तत्कालीन नेतृत्वले समयमै चासो किन देखाएन भन्ने अर्को प्रश्न उठिरहेका बेला वर्तमान कडामा रुपमा उत्रिएको हो ।
एसभिपिमा साउदी जाने कामदारले ३० हजारसम्म खर्च ब्येहोर्नुपर्ने समेत बताइएको छ । यो यकिन भइ नसकेको पनि बताइएको छ ।

सरकार, वैदेशिक रोजगार व्यवसाय संघलाई थाहा नदिइ ल्याएको एसभिपि स्वीकार्न नसक्ने संघकै महासचिव हरि डाँगीले जानकारी दिए । वैदेशिक रोजगारी क्षेत्रका बेथीति रोक्न पहल गरिरहेका बेला एसभिपि आएर अर्को बेथीति सिर्जना हुने भएका कारण व्यवसायी एक हुनुपर्ने आवश्यकता उनले औल्याए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



