विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले अर्जेन्टिनालाई पुर्याए नकआउट चरणमा
काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘जे’ अन्तर्गत अमेरिकाको डालासमा सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। जितसँगै अर्जेन्टिनाले ६ अंक जोडेर अन्तिम ३२ मा प्रवेश गरेको छ।

खेलको ३८औँ मिनेटमा मेस्सीले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यससँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याउँदै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भए।
![]() |
![]() |
![]() |
|---|
यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका मेस्सीले दुई खेलमै पाँच गोल गर्दै प्रतियोगिताका शीर्ष गोलकर्ताको स्थान पनि कायम राखेका छन्। समूह ‘जे’ मा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ भने जोर्डन र अल्जेरिया अंकविहीन छन्।
लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका मेस्सीको नेतृत्वमा अर्जेन्टिना उपाधि यात्रालाई थप मजबुत बनाउँदै नकआउट चरणमा प्रवेश गरेको छ।



