रास्वपा बन्दसत्र दिउँसो २ बजेबाट शुरु हुने, प्रतिनिधि कार्ड बाँडिदै
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुने भएको छ। प्राविधिक कारणले सोमबार सुरु हुन नसकेको बन्दसत्रका लागि हाल महाधिवेशन प्रतिनिधिहरूको प्रवेश कार्ड वितरण कार्य भने जारी रहेको छ ।

महाधिवेशनमा अनुमान गरिएकोभन्दा बढी, करिब ४२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता भएपछि केही प्राविधिक समस्या उत्पन्न भएको थियो। प्रतिनिधिको दर्ता तथा प्रवेश कार्ड वितरण सकिएपछि बन्दसत्र औपचारिक रूपमा सुरु गरिने भएको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले बिहान १० बजेदेखि नै दर्ता प्रक्रिया अघि बढाएको छ।
बन्दसत्रमा अनुशासन आयोग, वित्तीय तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनुका साथै विधान संशोधन प्रस्तावमाथि छलफल र अनुमोदन गरिने कार्यसूची रहेको छ। त्यसैगरी उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
![]() |
![]() |
![]() |
|---|
बन्दसत्रको अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै नेतृत्व चयन प्रक्रियालाई निर्वाचन आयोगको जिम्मामा हस्तान्तरण गरिने जनाइएको छ।



