रास्वपाको सहमहामन्त्रीमा अधिवक्ता तथा सांसद यज्ञमणि न्यौपानेले दिए उम्मेदवारी
काठमाडौं– रास्वपा सहमहामन्त्रीमा अधिवक्ता तथा सांसद यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । रास्वपा स्थापनाकालदेखि नै उक्त पार्टीका कानुनी कामको संयोजन गर्दै आएका न्यौपाने संस्थापक केन्द्रीय सदस्य र न्यायीक समितिका उपप्रमुख थिए ।

रास्वपाको विधानमा पाँच सहमहामन्त्रीको व्यवस्था छ । त्यसमध्ये दुई मनोनीत र तीनजना निर्वाचनबाट निर्वाचित हुनुपर्छ । न्यौपानेले निर्वाचित हुनुपर्ने तीनमध्येको उम्मेदवारी घोषणा गरेका हुन् । न्याउपाने अधिवक्ता समेत हुन् ।
