कोशीकी संसद निर्मला लिम्बुको पदमुक्त गर्ने तयारी
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ । अशोक राईको नयाँ पार्टीमा सनाखत गरेको भन्दै उनलाई सांसदबाट हटाउने तयारी थालिएको जसपा नेपालले जनाएको छ ।

लिम्बू जसपाकी समानुपातिक सांसद हुन् । उनी स्वास्थ्यमन्त्री समेत भएकी थिइन् । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएको फैसला सुनाएपछि पार्टीले लिम्बूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो ।
जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले लिम्बूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
‘पार्टीले उहाँलाई विश्वास गरेर पठाएको थियो । पार्टी सङ्कटमा परेको बेला अर्को समूह रोजेकाले अब पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त हुँदैन’, यादवले भने ।
निर्मलाले भने आफू कुनै नयाँ पार्टीमा नगएको भन्दै बिना गल्ती कारबाही गरे कानुनी उपचार खोज्ने बताइन् ।
उनले भनिन्, ‘दल विभाजन हुँदा म कांग्रेस–एमालेमा गएको होइन । नेताहरूको लडाइँमा बिना गल्ती अन्याय गरिए म कानुनी उपचारका लागि जान्छु ।’ पार्टी एकता हुँदा आफू अशोक राई नेतृत्वको संघीय समाजवादीबाट आएको भन्दै उनले विभाजन हुँदा पनि अशोक राई नेतृत्वको दल नै रोजेको बताइन् ।
Image Source: © https://mulpatra.com
उनले थपिन् ‘निर्वाचन कार्यालयले तारनतार सनाखत गर्न आउनु कि आउनु भनेर पत्र पठायो । बिना गल्ती अरूका कारण ममाथि अन्याय भयो भने कानुनी लडाइँ लड्नुको विकल्प भएन ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



