Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

मेसीबारे प्रश्न गरिँदा रोनाल्डोले दिएनन् जवाफ, रिसाएर मुन्टो बटारे

मेसीबारे प्रश्न गरिँदा रोनाल्डोले दिएनन् जवाफ, रिसाएर मुन्टो बटारे
  • १० असार २०८३, बुधबार ११:१८

काठमाडौं– विश्वकपको पहिलो म्याचमा फ्लप भएका पोर्चुगलका सुपरस्टार रोनाल्डोले दोस्रो म्याचमा शानदार कमब्याक गरे । हिजो उज्वेकिस्तानविरुद्धको खेलमा २ गोल गर्दै उनले आफूलाई लयमा फर्काएका हुन् ।

mulpatra

यो प्रदर्शनसँगै रोनाल्डो फेरि मेसीसित तुलना हुन थालेका छन् । प्रतियोगितामा दुई खेल खेल्दा ५ गोल गरेका मेसीलाई विश्वभरका अधिकांश फुटबलप्रेमीले सर्वकालीन महान खेलाडीको संज्ञा दिइरहँदा रोनाल्डोमाथि भने उनको करिअर सकिएको टिप्पणी भइरहेको थियो । तर रोनाल्डोले आलोचकहरुलाई जवाफ दिँदै आफूमा अझै फुटबलको जुनून बाँकी रहेको प्रमाणित गरे ।

हिजो म्याचपछि भने रोनाल्डो पत्रकारहरूसँग केही असन्तुष्ट देखिए । कारण थियो उनीहरुले सोधेकोको मेसीबारेको प्रश्न । खेलपछिको ‘मिक्सड जोन’ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दा लियोनल मेस्सीसँग सम्बन्धित प्रश्नहरूलाई ठाडो बेवास्ता गरे। विशेषगरी मेसीको प्रदर्शन र उनीसँगको तुलनाका बारेमा सोधिएका प्रश्नहरूमा रोनाल्डोले झर्को मानेका थिए ।

mulpatra mulpatra mulpatra

एक पत्रकारले मेसीले अघिल्लो दिन गरेको दुई गोल र केलियन एम्बाप्पेको चर्चा गर्न खोज्दा रोनाल्डोले बीचमै उनलाई रोकेर अर्कोतिर फर्किएका थिए । उनले ती पत्रकारलाई बेवास्ता गर्दै अर्का पत्रकारलाई प्रश्न सोध्न संकेत गरे।

अर्का एक पत्रकारले ‘म पनि एउटा प्रश्न गरौं ?’ भनी अनुमति माग्दा रोनाल्डोले जवाफ दिए, ‘यो तिम्रो प्रश्नमा भर पर्छ, नत्र म जवाफ दिने छैन ।’

जब पत्रकारले प्रतियोगिताको पछिल्लो चरणमा मेसीको टोली अर्जेन्टिनासँग प्रतिस्पर्धा हुने सम्भावनाबारे सोधे, रोनाल्डोले त्यसलाई निरर्थक प्रश्नको संज्ञा दिए ।

Image Source: © https://mulpatra.com

उनले भने, ‘यसको जवाफ कसरी दिने मलाई थाहा छैन । यो प्रश्नको खासै अर्थ छैन । तर, यदि त्यस्तो खेल भयो भने त्यो निकै उत्कृष्ट हुनेछ ।’

अन्त्यमा मेसीको ह्याट्रिकबारे उनलाई टिप्पणी गर्न आग्रह गरिँदा रोनाल्डोले हिँड्दै भने, ‘मलाई अरुको बारेमा मतलब छैन ।’

विश्वकपमा अहिलेसम्म लियोनल मेसीको दबदबा देखिएको छ । उनले २ खेलमा ५ गोल गरिसकेका छन् । अर्कोतर्फ, पहिलो खेलमा गोल गर्न नसकेका ४१ वर्षीय रोनाल्डोले उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।

रोनाल्डोले पछिल्लो एक साता आफ्नो लागि निकै ‘अध्यारो’ रहेको र आफूले फुटबलबाट सन्यास नै लिएको जस्तो महसुस गरेको समेत बताए । हाल अर्जेन्टिना विश्वकपको अन्तिम ३२ मा छनोट भइसकेको छ भने पोर्चुगलले २ खेलबाट ४ अंक जोडेको छ र उसको अर्को चरणको यात्रा अझै निश्चित हुन बाँकी छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com