घट्यो पेट्रोलियम पदार्थको मुल्य

घट्यो पेट्रोलियम पदार्थको मुल्य
  • १७ असार २०८३, बुधबार ०७:२६

काठमाडौँ । नेपाल आयल निगमले मंगलबार रातिदेखि नै लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल २० रूपैयाँ र डिजेल,मट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटेको जानकारी दिएको छ ।

mulpatra

निगमले इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको जनाएको छ ।

निगमले पेट्रोलमा २० रुपैयाँ, डिजेलरमट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ र एलपी ग्यास प्रतिसिलिन्डर एक सय रुपैयाँले घटाएको हो ।

mulpatra mulpatra mulpatra

अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य १९२ रुपैयाँ ५० पैसादेखि १९५ रुपैयाँ कायम भएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भरिएको एक सिलिन्डरको दुई हजार ६० र आधा भरिएको सिलिन्डर को एक हजार ३० रुपैयाँ कायम भएको छ ।