हालान्डको गोलसँगै नर्वे अन्तिम १६ मा प्रवेश आइभोरी कोष्ट २–१ मा पराजित

हालान्डको गोलसँगै नर्वे अन्तिम १६ मा प्रवेश आइभोरी कोष्ट २–१ मा पराजित
  • १७ असार २०८३, बुधबार ०५:४६

काठमाडौं । फिफा विश्वकपको जारी खेलमा नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम समयमा इर्लिङ हालान्डले गोल गरेपछि अमेरिकाको डालासमा भएको खेलमा आइभोरी कोस्टलाई २–१ गोलले पराजित गरेपछि नर्वे फ्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो । आइभोरी कोष्ट विरुद्ध गरेको गोल जारी विश्वकपमा हालान्डको ५ औं गोल हो ।

mulpatra

विश्वकप इतिहास मै पहिलो पटक नकआउट चरणमा खेलिरहेका दुबै टिम बराबरीमा खेलिरहेका बेला नर्वेका स्टार खेलाडी इर्लिङ हालान्डको गोल आइभोरी कोष्टका लागि दुःखद रह्यो ।

एन्टोनिओ नुसाले व्यक्तिगत स्किल देखाउँदै उत्कृष्ट ढंगमा गोल गरी नर्वेलाई ३९ औं मिनेटमा एन्टोनिओ नुसाले गोल गरेपछि अग्रता गरेको नर्वेसँग आइभोरी कोष्टका अमाद डिएलोले ७४ औं मिनेटमा गोल गरेपछि बराबर भएको थियो ।

mulpatra mulpatra mulpatra

तर ८६ औं मिनेटमा प्याट्रिक बर्गको पासमा हालान्डले गोल गरेपछि आइभोरी कोष्टले पुनः गोल गर्न सकेन र नर्वेले जित निकाल्न सफल रह्यो । आज जीत निकालेपछि नर्वेको अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ ।