Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

चिया निकासीमा अवरोध हटेसँगै भारत जान थाले चियाका गाडी

चिया निकासीमा अवरोध हटेसँगै भारत जान थाले चियाका गाडी
  • १६ असार २०८३, मंगलवार १५:४३

काठमाडौं– गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ ।

mulpatra

सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।

झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।

mulpatra mulpatra mulpatra

नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।

भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गरेसँगै अब नेपालबाट जाने २० प्रतिशत चियाको मात्रै नमुना परीक्षण (स्याम्पल टेस्ट) हुने भएको छ । जुन १६ मा भारतका वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई आधार मान्दै एफएसएसएआईले जुन २३ मा यससम्बन्धी नयाँ सर्कुलर जारी गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार भारतमा आन्तरिक खपतका लागि आयात हुने चिया (एचएसएन कोड ०९०२) मा अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ लागु हुनेछ । यसअन्तर्गत नेपालबाट जाने ५ वटा गाडी (खेप) मध्ये एउटालाई मात्र छड्के (¥यान्डम) जाँचका लागि रोकिने छ ।

Image Source: © https://mulpatra.com

१८ वैशाखदेखि भारतले नेपालबाट जाने प्रत्येक गाडी (शतप्रतिशत) चियाको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने नियम लगाएको थियो । उक्त झन्झटिलो नियमका कारण निकासी ठप्प हुँदा पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।

चिया निकासी रोकिँदा किसान र व्यवसायी गम्भीर मारमा परेपछि नेपाल सरकारले यो अवरोध हटाउन भारतसँग कूटनीतिक पहल अघि बढाएको थियो । पछिल्लो नयाँ व्यवस्था तिनै निरन्तरका कूटनीतिक प्रयासको परिणाम भएको बताइएको छ ।

पानीट्यांकी भन्सार नाकामा ल्याब नहुँदा चियाको नमुना परीक्षणका लागि कोलकाता नै पठाउनुपर्ने बाध्यता भने कायमै छ । विगतमा भारतीय भन्सारले चियालाई लामो समय होल्ड गर्ने र झन्झटिलो नियम लगाउने गरेका कारण व्यवसायीहरू अझै पनि पूर्णरूपमा ढुक्क भने भइसकेका छैनन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com