रास्वपाले आफ्ना सांसदको व्यक्तिगत भेटघाट र गतिविधि समेत नियमन गर्दै

रास्वपाले आफ्ना सांसदको व्यक्तिगत भेटघाट र गतिविधि समेत नियमन गर्दै
  • १९ असार २०८३, शुक्रबार ०९:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको दैनिक गतिविधि, भेटघाट, संसदीय काम र निर्वाचन क्षेत्रका कार्यक्रमलाई डिजिटल माध्यमबाट अभिलेखीकरण तथा अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी नामक आन्तरिक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ।

mulpatra

पार्टीले यसलाई संगठनलाई थप डिजिटल, उत्तरदायी र कार्यसम्पादनमुखी बनाउने कदमका रूपमा प्रस्तुत गरेको छ भने यसले सांसदहरूको व्यक्तिगत तथा राजनीतिक गतिविधिमाथि पार्टीको प्रत्यक्ष निगरानी बढाउने बहस पनि सुरु भएको छ।

पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्यहरूलाई उक्त प्रणालीबारे अभिमुखीकरण गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आयोजना गरिएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछानेसहित सबै सांसदको अनिवार्य उपस्थिति तोकिएको छ। साथै सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षणसमेत दिइने कार्यक्रम रहेको छ।

mulpatra mulpatra mulpatra

रास्वपाले विकास गरेको प्रणालीअनुसार सांसदहरूले संसद् बैठक सम्पन्न भएपछि आफ्ना गतिविधि नियमित रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। संसद्मा उठाउने विषय, निर्वाचन क्षेत्रमा भएका भ्रमण, विभिन्न व्यक्ति वा समूहसँग भएका भेटघाट, सार्वजनिक कार्यक्रम, नागरिकसँगको अन्तरक्रिया लगायतका विवरण प्रणालीमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी सांसदहरूबीच भेटघाट गर्नुपरे पनि प्रणालीमार्फत समय माग्ने व्यवस्था गरिएको छ। पार्टी स्रोतका अनुसार यसले सांसदहरूको कार्यतालिका व्यवस्थापन, समन्वय र अभिलेखीकरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।

नागरिकले पनि आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही प्रणालीमार्फत गुनासा, सुझाव वा माग राख्न सक्नेछन्। ती गुनासाको समाधान प्रक्रिया ट्र्याक गरिने र त्यसका आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने व्यवस्था प्रणालीमा समावेश गरिएको जनाइएको छ।

Image Source: © https://mulpatra.com

निगरानी कि व्यवस्थापन ?

रास्वपाले यसलाई डिजिटल व्यवस्थापन र उत्तरदायित्व अभिवृद्धिको उपकरणका रूपमा व्याख्या गरे पनि यसले सांसदमाथि पार्टीको निगरानी बढाउने विषयमा प्रश्न उठ्न सक्ने छ ।

विशेषगरी सांसदहरूले कसलाई भेटे, कहाँ गए, कुन विषय संसद्मा उठाउने तयारी गरे वा निर्वाचन क्षेत्रमा गरेका गतिविधिसमेत नियमित रूपमा पार्टीको प्रणालीमा राख्नुपर्ने व्यवस्थाले गोपनीयता र सुरक्षा संवेदनशिलता माथि समेत प्रश्न चिन्ह खडा हुन सक्ने छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com