यूएईमा ५ नेपालीलाई चिठ्ठामा परेका १ अर्ब २३ करोड, नेपाल पठाउन दूतावासले सहयोग गर्ने
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि गएका ५ जना नेपालीलाई चिठ्ठामा ३० मिलियन यूएई दिराम अर्थात् झण्डै १ अर्ब २३ करोड रुपैयाँ परेको छ ।

कामदार भिसामा रोजगारी गर्न यूएई गएका गोरखाका तैयव खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैर, कास्कीका शिशिर पौडेल र रुपन्देशीका सुदीप न्यौपानेले द यूएई लट्रीमार्फत यो रकम प्राप्त गरेका हुन् ।
विभिन्न समयमा परेको चिठ्ठामार्फत उनीहरूले सो बराबरको रकम प्राप्त गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
आफूहरूले चिठ्ठामार्फत प्राप्त गरेको यो रकम वैधानिक रूपमा नेपालमा पठाउनका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै उनीहरूले यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग भेटघाट गरेका छन् ।
भेटमा उनीहरूले चिठ्ठामार्फत प्राप्त गरेको रकम वैधानिक तवरबाट नेपालमा पठाउने र नेपालमै लगानी गर्ने इच्छा राखेको दूतावासले जनाएको छ ।
दूतावासले पनि यो रकमलाई वैधानिक रूपमा नेपाल पठाउन सहजीकरण गर्ने जनाएको छ । साथै दूतावासले लगानीका विभिन्न सम्भाव्यताहरूको अध्ययन गरी नेपालको विकास र समृद्धिका क्षेत्रमा लगानी गर्न सक्दो सहजीकरण गर्ने समेत उल्लेख गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



