सद्भाव बढाउन सिनामंगल बैरो एकता समूहको गोदावरीमा वनभोज
काठमाडौं– सिनामंगल वैदेशिक रोजगार एकता समूहले आज ललितपुरको गोदावरीमा वनभोज कार्यक्रम आयोजना गरेको छ । समूहमा आबद्ध सदस्यहरूबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

वनभोज कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित व्यवसायी, कर्मचारी तथा समूहका सदस्यहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत आपसी भेटघाट, अनुभव आदानप्रदान, मनोरञ्जनात्मक गतिविधि तथा सहकार्यका सम्भावनाबारे छलफलसँगै मनोरञ्जनको समेत आयोजना गरिएको समूहले जनाएको छ ।
करिब २ सयभन्दा आवद्ध समूहले आयोजना गरेको वनभोज कार्यक्रम आपसी सम्बन्ध, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य रहेको समूहमै आवद्ध देविप्रसाद गिरीले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
समूहले यस्ता सामाजिक तथा मैत्रीपूर्ण कार्यक्रमले सदस्यहरूबीच एकता, सहयोग र आत्मीयता बढाउनुका साथै वैदेशिक रोजगार क्षेत्रको समग्र हितमा सकारात्मक योगदान पुग्ने विश्वास उनको छ ।



