महासचिव शंकर र उपाध्यक्ष बादलको हातमा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा
काठमाडौं । नेकपा एमालेले देशभरिबाट आएको सुझावलाई समेटेर प्रतिवेदन तयार गर्न महासचिव शंकर पोखरेल र उपाध्यक्ष राम बहादुर थापा बादललाई जिम्मेवारी दिएको छ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन गरेको थियो ।

निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठित कार्यदलले देशभरका नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सुझाव संकलन गरेको थियो।
फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनःगठनका लागि गठित कार्यदलको बैठकपछि महासचिव शंकर पोखरेलले निर्णय सार्वजनिक गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने, पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठनको कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|



