Close

Recent Posts

रोजगारी खोसिएपछि तनावमा रहेका स्नातकोत्तर विवेक मण्डलले गरे आत्मदाह प्रयास, अवस्था चिन्ताजनक

रोजगारी खोसिएपछि तनावमा रहेका स्नातकोत्तर विवेक मण्डलले गरे आत्मदाह प्रयास, अवस्था चिन्ताजनक
  • २७ असार २०८३, शनिबार ०४:४५

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा जलेका उनलाई प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

mulpatra

मण्डलले शुक्रबार दिउँसो करिब १ः३० बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। शरीरको अधिकांश भाग जलेर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

मण्डल महोत्तरीको गौशालास्थित एक सरकारी विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका मण्डल करिब छ महिनाअघि अस्थायी जागिर गुमाएपछि तनावमा परेको परिवारले जनाएको छ ।

mulpatra mulpatra mulpatra

यो घटना राजधानी काठमाडौंमा मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि उपचारकै क्रममा निधन भएको भोलिपल्टै भएको हो। लगातार दुई दिनमा भएका यस्ता घटनाले बेरोजगारी, आर्थिक असुरक्षा, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको अवस्थाबारे गम्भीर बहस सिर्जना गरेको छ।

यद्यपि विवेक मण्डलले आत्मदाह प्रयास गर्नुको यकिन कारणबारे प्रहरीले अझै आधिकारिक निष्कर्ष निकालिसकेको छैन। प्रहरीका अनुसार घटनासँग सम्बन्धित सबै पक्षबारे अनुसन्धान जारी रहेको छ।