Close

Recent Posts

इरानका १७ सय भन्दा बढी स्थानमा अमेरिकी हमला, कडा जवाफको तयारीमा इरान

इरानका १७ सय भन्दा बढी स्थानमा अमेरिकी हमला, कडा जवाफको तयारीमा इरान
  • २६ असार २०८३, शुक्रबार ०९:५४

काठमाडौं– अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् ।

mulpatra

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ ।

आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ ।

mulpatra mulpatra mulpatra

इरानी समाचार एजेन्सीका अनुसार, अमेरिकी हमला जारी रहे होर्मुजको स्थिति सामान्य हुन नसक्ने र यस रुटमा निर्भर धेरै देशहरूले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानले बताएको छ ।

अर्कोतर्फ, उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता अन्त्य भइसकेको र अब इरानसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

तर अमेरिकी अधिकारीहरूले इरानसँग कूटनीतिक समाधान खोज्ने प्रयासस्वरूप प्राविधिक स्तरको वार्ता अझै जारी रहेको दाबी गरेका छन् । कतार र पाकिस्तान जस्ता देशहरूले मध्यस्थताको प्रयास गरिरहेका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि धम्कीको माहोलमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता नहुने स्पष्ट पार्दै अमेरिकाले पुराना सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन् ।

तनावका बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई बिहीबार मशहद सहरस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ । डेढ करोडभन्दा बढी मानिस सहभागी भएको भनिएको उक्त सात दिने अन्तिम बिदाइ कार्यक्रम युद्धको त्रासकै बीच सम्पन्न भएको हो ।

बिहीबार इरानको बुशहर आणविक केन्द्र नजिकै लगायतका दक्षिणी क्षेत्रमा विष्फोटका आवाजहरू सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ हमलाहरू आफूहरूले नगरेको स्पष्ट पारेका छन् ।

अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाजहरू सुरक्षित रूपमा पठाइएको जनाएको छ ।

कतार र यूएईले कुवेत र बहराइनमाथि इरानले गरेको मिसाइल हमलाको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन् । त्यस्तै, जोर्डनले आफ्नो आकाशमा आएका इरानी मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com