Close

Recent Posts

बुद्धनगरमा एक युवाले गरे आत्मदाह प्रयास, अवस्था चिन्ताजनक

बुद्धनगरमा एक युवाले गरे आत्मदाह प्रयास, अवस्था चिन्ताजनक
  • २७ असार २०८३, शनिबार ०९:५६

काठमाडौं । काठमाडौं महानगरपालिका बुद्धनगरमा बस्दै आएका एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल भर्ना गरेको छ।

mulpatra

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहान करिब ६ः१५ बजे ४५ वर्षीय आश्विन राउतले आफू बस्दै आएको डेराको भान्सा कोठामा आफ्नै शरीरमा आगो लगाएका थिए।

स्थानीयवासीबाट सूचना पाएपछि पुगेको प्रहरीले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

mulpatra mulpatra mulpatra

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटना हुँदा श्रीमती र छोरा घरमा थिएनन्। छिमेकीका अनुसार घटनाअघि राति राउत र उनका छोराबीच केही विषयमा विवाद भएको खुलेको छ। सोही विषयसँग सम्बन्धित तनावका कारण उनले बिहान आत्मदाहको प्रयास गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको वास्तविक कारण भने अझै खुलिनसकेको र सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका घटना सार्वजनिक भइरहेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको थियो। त्यसैगरी सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए र उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

Image Source: © https://mulpatra.com

प्रहरीले बुद्धनगर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com