१४ शैक्षिक परामर्शले सञ्चालन तथा व्यवस्थापन नियमावली फिर्ता लिन माग गदै निकाले विज्ञप्ती
काठमाडौं– नेपाल शैक्षिक परामर्शका १४ वटा संघ–संस्थाले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

उनीहरुले सरकारको सञ्चालन तथा व्यवस्थापन नियमावली कारण शैक्षिक परामर्श केन्द्र समस्यामा पर्ने धेरैको लगानी फस्ने उनीहरुको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तिमा नियमावलीका धेरै प्रावधान स्पष्ट, व्यवहारिक र कार्यान्वयनयोग्य नभएको उल्लेख गर्दै भविष्यमा फरक–फरक व्याख्या, प्रशासनिक स्वेच्छाचारिता तथा अनावश्यक कानुनी विवाद निम्तिन सक्ने चेतावनी दिइएको छ। यस्ता अस्पष्ट व्यवस्थाले सेवाग्राही, व्यवसायी र नियामक निकायबीच अन्योल तथा असमान कार्यान्वयनको अवस्था उत्पन्न हुने उनीहरुले समस्या औल्याएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विज्ञप्ती








