सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो

सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
  • २९ असार २०८३, सोमबार १३:५०

काठमाडौं– काठमाडौं विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको छ ।

mulpatra

प्राप्त जानकारीअनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडी राखिएको छ ।

यसका कारण सञ्चारकर्मीको आवतजावतमा समस्या भएको बताइएको छ । कान्तिपुर पब्लिकेशनको गेटअगाडि पार्किङ गरिएको गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ ।

mulpatra mulpatra mulpatra

यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहान करिब ७ बजेदेखि राखिएको अर्को गाडीको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका गाडीका धनीको खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यसअघि नेपाल पत्रकार महासंघले पनि सञ्चारगृहको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल अवरोध हटाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com