‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग
काठमाडौं– निर्माणाधीन चलचित्र ‘मास्टर्नी’को प्रमोशन गीतले निम्त्याएको विवाद जटिल बन्दै गएको छ । नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै गीतमाथि रोक लगाउन माग गरेपछि निर्माण टिम तनावमा परेको छ ।

गीतका केही शब्दहरुलाई अनर्थ लाग्ने गरी उच्चारण गरिएको र भिडिओले शिक्षिकाहरुको मर्यादामा आँच पुर्याएको भन्दै महासंघले आपत्ति जनाएको छ । गीतलाई तत्कालै हटाउन माग गरिएपछि अहिले चलचित्रको मुख्य टिम बैठक बसेर एउटा निस्कर्षमा पुग्ने तयारी भएको छ ।
यो गीतका सर्जक भने दुर्गेश थापा हुन् । दुर्गेश आफैंले चलचित्रका लागि एउटा प्रमोसन गीत बनाए प्रचारमा सजिलो हुने प्रियंकालाई प्रस्ताव गरेका थिए । प्रियंकाले पनि सहजै स्वीकारिन् । गीतमा दुर्गेशको आफ्नै रचना र संगीत रहेको छ भने गायकीमा उनलाई बबिना कार्कीले साथ दिएकी छन् ।

बाहिर चर्चा भएजस्तो कन्ट्रोभर्सी निकालेर गीत हिट बनाउने कुनै मनसाय नरहेको दुर्गेशको भनाइ छ ।
‘हामीले कन्ट्रोभर्सी निकाल्न चाहेकै होइन । यो मनोरञ्जनका लागि बनाइएको गीत हो । साथमा चलचित्रप्रति ध्यानाकर्षण गराउने उदेश्य राखिएको छ । चलचित्रमा प्रियंका कार्कीजीको भूमिकालाई ध्यानमा राखेर नै मैले लिरिक्स तयार गरेको छु । आपत्ती जनाउनु पर्ने कुरा थिएन,’ उनले थपे ।
Image Source: © https://mulpatra.com
त्यसो त लिरिक्समा भन्दा बढी भिडिओमा धेरैले आपत्ति जनाएका छन् । ‘मास्टर्नी’ प्रियंकालाई अति नै हट र विद्यार्थीहरुसँग उत्तेजक भंगीमा प्रस्तुत गरेकी छन् । यसमा भने दुर्गेशलाई दोष दिन मिल्दैन । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् । गीतमा प्रियंकासँगै उनका श्रीमान आयुष्मान देसराजले पनि डान्स गरेका छन् । प्रियंकाको उत्तेजक हाउभाउ भने दुर्गेशसँग छ ।
गीतको भिडिओबारे दुर्गेश भन्छन्, ‘यसमा साना बच्चाहरुसित रोमान्स गरिएको होइन । प्लस टु पढ्ने ठुला विद्यार्थी र शिक्षिकाबीच त यस्तो हुन सक्छ नि होइन र ? हामीले देखिरहेकै कुरा हो नि ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
