साउदीको एसभिपि भित्राउने सेटिङमा पौडेल, खनाल र खानसँगै श्रम मन्त्रीमाथि पनि परराष्ट्रको आशंकाकोरियाको इ–७ खुलाएपछि यादवमाथि आर्थिक चलखेलको आरोप
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली श्रमिकहरूमाथि स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी)मा परराष्ट्र मन्त्रालयले पनि आन्तरिक अध्ययन थालेको छ ।

साउदीको एसभिपि नेपाल सेटिङमार्फत भित्राउने मदरल्याण्ड म्यानपावर प्रालिका सञ्चालक टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनाल हुन् । हाल उनीहरुसँगै युवा, श्रम तथा रोजगार मन्त्री राम जी यादवलाई पनि शंकाको घेरामा राखिएको छ ।
एसभिपी नेपालमा ल्याउन टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालसँगै श्रम मन्त्री यादवको पनि कतै सलंग्न रहेको हुनसक्ने परराष्ट्र मन्त्रालयकै एक उच्च कर्मचारीको दाबी छ । श्रम मन्त्रीकै कोही आफन्त समेत एसभिपीमा टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालसँग रहेको परराष्ट्रका ती कर्मचारीको शंका छ ।

एसभिपीमार्फत ७ हजार ५ सय ३५ सीप प्रमाणिकरणका लागि तिर्नुपर्छ । यो पैसा रोजगारदाता कम्पनीले दिने भनेपछि हाल साउदी जाने कामदारले अनलाइनबाट तिरे प्रमाण प्रमाणिकरण गराइरहेका छन् । जसमा कमिशनको चक्कर ठुलै गरेर भारत हुँदै सभिपीमा टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालले ल्याउँदा श्रम मन्त्रीपनि जोडिएको हुनसक्ने परराष्ट्रको आशंका हो ।
सभिपीमा टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालले भारतबाट नेपालमा अनूमति लिँदा राम्रो पैसा घुस खुवाएको समेत व्यवसायीहरु बीच र्नै चर्चा छ । यस विषयमा मूलपत्रले खोजी रहेको छ ।
Image Source: © https://mulpatra.com
साउदी सरकारले १३ वटा देशमा एसभिपि प्रमाणिकरण गरेर कामदार लैजाने गरेको समेत देखियो । भारत, बंगलादेश, श्रीलंका र अन्य स्रोत देशबाट यही प्रणालीमार्फत कामदार लैजाने गरेको विषयमा साउदी सरकारले गत माघमै तत्कालिन श्रममन्त्री राजेन्द्रसिंह भण्डारी जानकारी गराएको थियो । त्यतिबेला छलफल गर्नुपर्ने र साउदीसँग श्रम सम्झौतापछि मात्र लागू गर्ने पक्षमा श्रम मन्त्रालय थियो ।
वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले साउदीको एसभिपिमार्फत तालिम केन्द्र सञ्चालनमा ल्याएको मदरल्याण्ड म्यानपावर प्रालिका सञ्चालक टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालले हाल साउदीको एसभिपि ल्याएको भन्दै स्ष्टीकरण समेत सोधेका छन् । यस विषयमा उनीहरुले केही जवाफ दिएका छैन ।
भने श्रम मन्त्रालयले यस विषयमा मदरल्याण्ड म्यानपावर प्रालिका सञ्चालक टेकबहादुर पौडेल, मिस्टर खान र सुरेन्द्र खनालले हाल साउदीको एसभिपि ल्याएको विषयमा कुनैपनि प्रतिक्रिया लिएको छैन । जसका कारण पनि उनीहरुसँग कतै श्रम मन्त्री यादवको पनि संलग्न रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ ।
गत असार –१५ गते युवा, श्रम तथा रोजगार मन्त्री राम जी यादवले मन्त्रीस्तरिय निर्णयबाट ई–७ भिसा खुलाउने निर्णय गरेका थिए । तत्कालिन श्रममन्त्रीहरु डोलप्रसाद अर्याल र राजेन्द्रसिंह भण्डारीले इपीएसमा असर पर्छ भनेर इ–७ भिसामा कामदार पठाउन रोक लगाएका थिए । कोरिया सरकारले कामदार पठाउँदै आएको छ ।
त्यतिबेला इ–७ भिसामार्फत कामदार पठाउँदा श्रम सम्झौतामा समेत असर पर्ने भन्दै पुर्वमन्त्री अर्याल र भण्डारीले रोेकेको थिए । त्यतिबेला इ–७ भिसा कामदार पठाउने बाटो खुल्छ भन्दै म्यानपावर कम्पनीहरुले समेत कामदारसँग अग्रिम पैसा दिएको विषय बाहिरिएको थियो ।
दक्षिण कोरिया जाने कामदारको इ–७ भिसा खुलाएपछि श्रम मन्त्रीलाई यादवमाथि विभिन्न टिकाटिप्पणी भइरहेको छ । यस विषयमा उनले केही जवाफ दिएका छैन । कोरियासँग भएको श्रम सम्झौतालाई अध्ययन नगरी श्रम मन्त्री यादवले इ–७ भिसा मन्त्रीस्तरीय निर्णय गरेपछि उनीमाथि आर्थिक लेनदेन गरेको शंका प्रधानमन्त्री कार्यालयले समेत गरेको छ ।
ई–७ भिसामा श्रमिक पठाउँदा बि–टू–बी अर्थात् (यहाँका म्यानपावर र कोरियाका रोजगारदाता) संलग्न हुँदा कामदारलाई चर्को आर्थिक पर्ने समेत आशंका गरिएको छ । विगतमा १५–करोड आर्थिक चलखेलमा ई–७ भिसा खुलाउन लागिएको समाचार बाहिरिएपछि अर्याल र भण्डारीले रोकेको थिए । अहिले यादव केही आर्थिक चलखेल बिना ई–७ भिसा खुलाए त भन्ने प्रश्न उठ्दा समेत उनले जवाफ दिएका छैन ।
ठुलै आर्थिक चलखेलमा ई–७ भिसामा कोरिया कामदार पठाउने बाटो खुलाएको आरोप लागेका विषयमा किन श्रम मन्त्री बोल्दैन भन्ने रहस्य छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
