Close

Recent Posts

समाज झुटमा रमाउँदा नयाँ परिस्थिति सिर्जना भएको ओली ठोकुवा

समाज झुटमा रमाउँदा नयाँ परिस्थिति सिर्जना भएको ओली ठोकुवा
  • १ श्रावण २०८३, शुक्रबार १३:५४

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको टिप्पणी गरेका छन् ।

mulpatra

केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमाथि झूटको प्रचार गरेर सबैभन्दा धेरै प्रहार भइरहेको बताए ।

उनले भने, ‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ । कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ ।’

mulpatra

उनले लगभग समाज नै झूटमा रमाउन थालेको हो कि! भन्ने आशङ्का गरेका छन् ।