Close

Recent Posts

आज भारी देखि अति भारी बर्षाको सम्भावना

आज भारी देखि अति भारी बर्षाको सम्भावना
  • ३ श्रावण २०८३, आईतवार ०६:१४

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा अति देखि अतिभारी बर्षाको सम्भावना रहेको जनाएको छ ।

mulpatra

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

mulpatra

दिउँसो नै कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक(दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश, बागमती, र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Image Source: © https://mulpatra.com

सोमबार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com