Close

Recent Posts

कुलमान घिसिङको दाबीः अहिलेको रास्वपा नेतृत्वको सरकार पाँच वर्ष टिक्ने अवस्था देखिन्न

कुलमान घिसिङको दाबीः अहिलेको रास्वपा नेतृत्वको सरकार पाँच वर्ष टिक्ने अवस्था देखिन्न
  • ३ श्रावण २०८३, आईतवार ०८:४५

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेको अवस्थामा सरकारको पाँच वर्षे कार्यकाल पूरा हुने सम्भावना कमजोर बन्दै गएको बताएका छन्।

mulpatra

शनिबार काठमाडौंमा पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले जनताको अपेक्षा अनुसार विश्वासको वातावरण निर्माण गर्न नसकेको आरोप लगाए। उनले सरकारप्रति नागरिक मात्र नभई उद्योगी–व्यवसायी समुदायसमेत निराश बन्दै गएको उल्लेख गरे।

घिसिङका अनुसार मुलुकमा बढ्दो आर्थिक संकट, व्यवसायमा आएको मन्दी र युवामा फैलिएको निराशाले गम्भीर सामाजिक समस्या निम्त्याइरहेको छ। केही व्यवसायी र युवाले आत्मदाहजस्ता चरम कदम रोज्न बाध्य भएको घटनाले राज्य संयन्त्रको कमजोरी उजागर गरेको उनको भनाइ थियो। यस्ता घटनामा सरकार पूर्ण रूपमा दोषी नभए पनि जिम्मेवारीबाट उम्किन नसक्ने उनले टिप्पणी गरे।

mulpatra

उनले जनताबाट बलियो जनादेश प्राप्त सरकारले अपेक्षित परिणाम दिन नसके देश पुनः अस्थिरता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिए। आफूहरू सरकार स्थिर रहोस् भन्ने पक्षमा रहे पनि हालसम्मको कार्यसम्पादन हेर्दा पाँच वर्षसम्म टिक्ने आधार नदेखिएको उनको दाबी थियो।

उज्यालो नेपाल पार्टीको भावी रणनीतिबारे बोल्दै घिसिङले आफ्नो पार्टी क्षणिक लोकप्रियता वा राजनीतिक स्टन्टका आधारमा अघि नबढ्ने स्पष्ट पारे। उनले विगतमा अर्को दलसँग एकीकरण गरेर गल्ती गरेको अनुभव सुनाउँदै अब कुनै पनि दलमा विलय भएर पार्टीको पहिचान समाप्त गर्ने निर्णय नलिइने बताए।

Image Source: © https://mulpatra.com

उनले वर्षायाम सकिएपछि देशव्यापी तीन महिनाको जनसम्पर्क अभियान सञ्चालन गरिने जानकारी दिँदै हरेक गाउँपालिकामा पुगेर नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने योजना रहेको बताए। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने तथा त्यसपछिको संघीय निर्वाचनमा पनि वैकल्पिक शक्तिका रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरे।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com