गत वर्ष विदेशीने ५.६० प्रतिशत घटे, कारण नीतिगत सुधार नुहँदा म्यानपावरले नै डिमाण्ड ल्याएनन्

गत वर्ष विदेशीने ५.६० प्रतिशत घटे, कारण नीतिगत सुधार नुहँदा म्यानपावरले नै डिमाण्ड ल्याएनन्
  • ३ श्रावण २०८३, आईतवार १४:१५

काठमाडौं आर्थिक वर्ष २०८२–८३ मा ७ लाख ९२ हजार १ सय ८७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ७० जनाले श्रम स्वीकृति लिएका थिए ।

mulpatra

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा ४७ हजारले कमी आएको छ । प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ५.६० प्रतिशतले घटेको छ ।

विभागको तथ्यांकअनुसार संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत जाने कामदारको संख्यामा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२÷८३ मा २५ प्रतिशतभन्दा बढीले गिरावट देखिएको छ ।

mulpatra

सरकारले नीतिगत सुधार गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको देखिन्छ । सरकारले धरपकड र नीतिगत सुुधार नगर्दा म्यानपावर कम्पनीले डिमाण्ड ल्याउन डराएको व्यवसायीहरु नै बताउँछन् ।

अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जना गएकोमा गत वर्ष २ लाख ६८ हजार ९ सय ९० जना गएका छन् । उक्त संख्या संख्यात्मक रूपमा ९० हजार ६ सय ८५ र प्रतिशतका हिसाबले २५.२१ प्रतिशतले कम हो ।

Image Source: © https://mulpatra.com

गत आर्थिक वर्ष व्यक्तिगत नयाँ प्रक्रियामार्फत १ लाख २८ हजार ५ सय २० जना, रिइन्ट्रीमार्फत ३ लाख ८५ हजार ७ सय ८३ जना, जिटुजीमार्फत ८ हजार १ सय ९७ जना र वैधानीकीकरणका माध्यमबाट ६ सय ९७ जना गएका छन् ।

सबै प्रक्रियाअन्तर्गत प्रतिदिन औसतमा २ हजार १ सय ७१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकअनुसार गत वर्ष १ हजार ९ वटा म्यानपावर कम्पनीले कम्तीमा एक जनादेखि अधिकतम ४ हजार ७ सय ८२ जनासम्म कामदार पठाएका छन् । संस्थागत रूपमा १९ मुलुकमा मात्रै कामदार गएका छन् ।

युएईमा ७१ हजार १ सय ५६ जना, मलेसियामा ६७ हजार २ सय १० जना, साउदी अरबमा ४९ हजार ८ सय १५ जना, कतारमा ३१ हजार ५४ जना, कुवेतमा २२ हजार ६ सय २७ जना, साइप्रसमा ८ हजार १ सय ९६ जना, ओमानमा ६ हजार ९ सय ३४ जना, बहराइनमा ४ हजार ३ सय ४१ जना, मौरिससमा २ हजार ५ सय ८४ जना, जोर्डनमा २ हजार ५ सय ४५ जना, जापानमा २ हजार २ सय जना, हङकङमा ९ जना, संयुक्त अधिराज्य (बेलायत)मा १५ जना, मकाउमा २५ जना, मंगोलियामा ५८ जना, माल्दिभ्समा ८३ जना र अल्जेरियामा ९८ जना गएका छन् ।

१ हजारभन्दा धेरै कामदार पठाउने म्यानपावर

एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ४,७८२ जना
नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ४,०१६
प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ३,७४६
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २,७७८
मोन्टेज ओभरसिज प्रा.लि.– २,४३६
गल्फ म्यानपावर सर्भिसेस प्रा.लि.– २,२६४
द रिभर ओभरसिज प्रा.लि.– २,२२२
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २,२०२
एससिसी म्यानपावर कम्पनी प्रा.लि.– २,०६४
लुलु इन्टरनेसनल प्रा.लि.– २,०२३
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– १,८६०
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– १,८४४
एसिया लिंक सर्भिसेस प्रा.लि.– १,७०९
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १,६९६
वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– १,६८६
ग्रेस ओभरसिज प्रा.लि.– १,६५४
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि. (द लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.लि.)– १,६१८
अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– १,५४२
मास ह्युमन रिसोर्स प्रा.लि.– १,४६४
सान नेपाल प्रा.लि.– १,४३९
मुस्कान ओभरसिज प्रा.लि.– १,४३४
आयुष ओभरसिज प्रा.लि.– १,३९२
नाइस रिक्रुइटिङ एजेन्सी प्रा.लि.– १,३७८
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.– १,३७३
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि.– १,३५८
सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि.– १,३५४
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट सर्भिस प्रा.लि.– १,३४४
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– १,३२०
एयर किंग्स प्लेसमेन्ट प्रा.लि. (व्रिन्डिट सर्भिसेस प्रा.लि.)– १,३२०
आकर्षण इन्टरनेसनल प्रा.लि.– १,३१८
टेस्ला ओभरसिज प्रा.लि.– १,३१२
अल शहीद ओभरसिज प्रा.लि.– १,२८६
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १,१९७
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.– १,१८५
जब सिकर म्यानपावर प्रा.लि.– १,१८३
स्यारोन म्यानपावर सेवा प्रा.लि.– १,१७१
भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,१०४
गल्फ जब्स हन्ट्स म्यानपावर प्रा.लि. (पास इन्टरनेसनल प्रा.लि.)– १,०९०
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १,०७८
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १,०७६
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १,०४५
सनलाइट रिक्रुटमेन्ट सेवा प्रा.लि.– १,०३२
थिंक बिज इन्टरनेसनल प्रा.लि.– १,०१३
लिडर ओभरसिज प्रा.लि.– १,०११
मिनावा भर्ती एच.आर. प्रा.लि (इशामान म्यानपावर प्रा.लि.)– १,००४

झापाबाट धेरै कामको खोजिएमा विदेशिए

वैदेशिक रोजगार विभागका अनुसार झापा र धनुषापछि क्रमशः मोरङ, सिरहा, सर्लाही, महोत्तरी, रुपन्देही, सुनसरी, दाङ, सप्तरी र चितवन धेरै कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख १० जिल्लामा पर्छन् ।

विभागको तथ्यांकअनुसार गत वर्ष झापाबाट १६ हजार २ सय ८६ जना, धनुषाबाट १५ हजार ६ सय ९८ जना, मोरङबाट १५ हजार ३ सय ३६ जना, सिरहाबाट १३ हजार ७६ जना, सर्लाहीबाट १२ हजार १ सय ८३ जना, महोत्तरीबाट ११ हजार ८ सय ९९ जना, रुपन्देहीबाट ११ हजार ७ सय ७७ जना, सुनसरीबाट ११ हजार ३ सय ९६ जना, दाङबाट ११ हजार ११ जना, सप्तरीबाट १० हजार २ सय ६४ जना र चितवनबाट ९ हजार ७ सय ४६ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसपछि क्रमशः बारा, मकवानपुर, बागलुङ, रौतहट, कपिलवस्तु, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, तनहुँ, उदयपुर, नवलपरासी (पूर्व), बाँके, सिन्धुली, नुवाकोट, गोरखा, बर्दिया र स्याङ्जालगायत सबै ७७ जिल्लाबाट नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएको देखिन्छ । सबैभन्दा कम वैदेशिक रोजगारीमा जाने जिल्ला मनाङ हो । मनाङबाट १ सय ५८ जना वैदेशिक रोजगारीमा गएका छन् । अघिल्ला वर्षहरूमा पनि धनुषा, झापा, मोरङसहित कोशी र मधेश प्रदेशबाट नै धेरै नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा गएका ७ लाख ९२ हजार १ सय ८७ कामदारमध्ये १ लाख ९० हजार २ सय ६४ जना अनस्किल अर्थात् अदक्ष रहेको तथ्यांकले वैदेशिक रोजगारीमा जानेमध्ये करिब २५ प्रतिशत जनशक्ति कुनै सीपबिना नै गइरहेको देखाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com