रौतहतको ऐतिहासिक गोल्मा राजारानीको दरबार पर्यटकीय क्षेत्रका रुपमा विकास हुने

मंसिर १४, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
थाई सरकारले सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लागिएको समजसेवी वीर बहादुर रखालले बताए ।
ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा मुर्ति स्थापना हुन लागेकोमा स्थानीय जनता निकै उत्तसाहित भएको समाजसेवी रखालले बताए । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरी बिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको खबरले आफु निकै हर्षित भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काप्लेले बताए ।