काँकरभिट्टामा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काँकरभिट्टामा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ
  • १६ मंसिर २०८०, शनिबार १५:०६

काँकरभिट्टा । काँकरभिट्टामा एक बालिकालाई  जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले मेचीनगर–६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आचार्यलाई पक्राउ गरेको हो ।

आचार्यले गत मङ्सिर ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।