हात्तीको आक्रमणबाट पछिल्लो १० दिनमा तीनको मृत्यु

हात्तीको आक्रमणबाट पछिल्लो १० दिनमा तीनको मृत्यु
  • १७ मंसिर २०८०, आईतवार ०५:१९

झापा, मंसिर १६ । पछिल्लो १० दिनमा पुर्वी तराईमा जंगली हात्तीको आक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । झापा दमकस्थीत वेलडाँगीका ७२ वर्षिय पदमलाल तामाङ, सुनसरी जिल्लाको इटहरीस्थीत तालतलैयाका २५ वर्षिय रविन खड्का, र झापा हल्दिवारीका ४० वर्षिय रणबहादुर वनको हात्तीको आक्रमणका कारण मृत्यु भएको हो ।

दमकका तामाङलाई मंसिर ५ गते स्थानीय हुम्से दुम्से सामूदायिक वनमा हात्तीले आक्रमण गरी मारेको थियो । त्यस्तै मंसिर १४ गते सुनसरीको इटहरी उपमहानगरपालिका वडा नंं २ का खड्काको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । त्यसैगरी मंसिर १५ गते झापा हल्दिवारी वडा  नं. ३ का वनको पनि जंगली हात्तीकै आक्रमणमा परी मृत्यु भएको छ ।पछिल्लो समय झापा लगायत पुर्वी तराईका जिल्लाहरुमा जंगली हात्तीको बथान नै गाउँ पसेर स्थानीयलाई आक्रमण गर्ने गरेको छ । जसका कारण ठुलो मात्रामा धनजनको क्षति पुगिरहेको छ ।