Close

Recent Posts

‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी

‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी
  • १८ मंसिर २०८०, सोमबार १४:०३

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । विप्लपसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे।

mulpatra

उनीहरूलाई सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरको मुद्दामा पक्राउ गर्न भनिएकाे हाे । यसैगरी, ३५ दिनभित्र अदालतमा उपस्थित हुन उनीहरूलाई बताइएको छ ।

यस मुद्दा २०७६ साल असोज ९ मा दायर भएको थियाे । उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।