Close

Recent Posts

आलु–प्याजको मुल्य दोब्बर: व्यासायी भन्छन् ‘यही सातादेखि प्याज पाइदैन’

आलु–प्याजको मुल्य दोब्बर: व्यासायी भन्छन् ‘यही सातादेखि प्याज पाइदैन’
  • २५ मंसिर २०८०, सोमबार १४:५०

एक साताभित्र आलु–प्याजको मुल्य दोब्बर बढेको छ। गत साता ९० देखि एक सयमा रुपैयाँमा पाइने प्यानको मुल्य अहिले बजारमा २ सय रुपैयाँ नाघेको छ। हाल बजारमा व्याजको मुल्य २ सय १० रुपैयाँ पुगेको छ। भने, आलुको मुल्य ७० रुपैयाँ पुगेको छ। गत साता आलु प्रतिकेजी ३० रुपैयाँमा पाइन्थ्यो। प्रत्येक वर्ष झै यस वर्ष पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएका कारण यस प्याजको मुल्य अकासिएको व्यवसायीहरू बताउँछन्।

mulpatra

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो। यसका असर नेपाली बजारमा परेको छ। भारतले तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको थियो। नेपाल सरकारले पनि आयतित प्याजमा १३ प्रतिशत कर बनाएका कारण यसको मुल्य महँगोमा बेच्नुपरेको खु्रद्रा व्यापारी गुनासो गर्छन।

नेपाली बजारमा केहि समययता प्याजको अभाव। आलु र प्याजमा मूल्य अभिबृद्धि कर (भ्याट) को विवादले नेपाली होलसेल व्यवसायी आन्दोलन गरेका थिए। कर हटाउने सरकारको निर्णयपछि आन्दोलन त फिर्ता लिएपनि भारतले प्याज निर्यातमै रोक लगाएपछि फेरि प्याजको अभाव झेल्नुपर्ने आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनका अनुसार बजारमा महँगोमा बेच्छुभन्दा आलु–प्याज पाइदैन्।

गत बुधबारदेखि पूरै आलु–प्याज व्यापार ठप्प भएको उनले बताए। ‘नेपालमै प्याज खेती गर्न पनि सकिनेछ। सरकारसँग आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने अव्यावहारिक निर्णय कार्यान्वयन गर्न माग गरिएको छ। सरकारले वास्ता गरेको छैन।’ चालू आर्थिक बर्ष ०८०÷८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएपनि कार्यन्वयन नभएको संघको आरोप छ।

काठमाडौं उपत्यकामा दैनिक ८० हजार किलो आलु र ४० हजार किलो प्याज खपत हुने गरेको व्यवसायीले बताउँछन्। भने, देशभर दैनिक २ लाख किलो आलु र १ लाख २० हजार केजी प्याज व्यापार हुनेगरेको व्यवसायीहरुले जानकारी दिए। राज्यको नीतिले अप्ठ्यारो पर्ने भएपछि व्यवसाय नै नगर्ने निष्कर्षमा कतिपय खुद्रा व्यापारी र आलु–प्याजका डिलर पुगेको उनको भनाइ छ। उनका अनुसार सरकारले स्वदेशमा उत्पादन भएको आलु–प्याजको पनि खरिद भ्याट बिल खोज्छ।

नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिलमार्फत व्यापार नहुने गरेको गजुरेलले जानकारी दिए। नेपालमा उत्पादन भएको आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न सम्भव नभएका कारण पनि अहिले समस्या भइरहेको उनको बुझाइ छ। अहिले स्टक भएको आलु–प्याज मात्र व्यापार भइरहेको र यो सातादेखि बजारमा प्याज नपाइने संघका महासचिव गजुरेलले जानकारी दिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द व्यापार नै छाड्न थालेको संघले जानकारी दियो। भारतीय बजारमा प्याजको मूल्य उच्च रहेका कारण नेपालमा यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

गत असोज महिनादेखि भारतबाट भित्रिने प्याज घटेका कारण मुल्य बृद्धि भएको उनले बताए। असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा छ। कात्र्तिक देखि भारतबाट ६० हजार किलो मात्र प्याज आयात भएको र यो मंसिर लागेपछि ४० हजार किलोमा झरेको समितिले जनाएको छ। भारतमै प्याजको मुल्य उच्च भारतबाट आयात भएको ८० प्रतिशत प्याज नेपालाम खपत हुनेगरेको छ। नेपाली बजारमा पाइने अधिकांश प्याज भारतीय बजारकै हो।

तीन सातायाता भारतीय बजारमा प्याजको मूल्य १८ प्रतिशतसम्मले बढेर भारु ९० रुपैयाँ (१ सय ४४ नेपाली रुपैयाँ) प्रतिकिलोसम्म पुगेको कालिमाटीका आलु–प्याज व्यापारी रामराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार भारतमा उत्पादन हुने बैंकलोर रोज र कृष्णपुरम जातको सुकेको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय २० अमेरिकी डलर प्रतिमेट्रिकटन व्यापार भइरहेको छ। भारतको विहार केराला र चैनाईमा सबैभन्दा बढी प्याज उत्पादन हुने गरेको छ।

यीनै ठाँउबाट नेपालमा प्याज भित्रिने गरेको व्यवसायीहरु बताउँछन्। भारतीय बजारमा पनि आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता) प्याजको मुल्य उच्च हुने भएका कारण नेपालमा प्याजको मुल्य ३ सय रुपैयाँसम्म पुग्ने व्यवसायी बताउँछन्। आयात मै निर्भर नेपालले वार्षिक ५ अर्ब बढीको प्याज भारतबाट आयात गर्दै आएको छ। नेपाल प्याजमा भने आयात मै निर्भर छ।

चालु आर्थिक वर्षको ४ महिना (कात्तिकसम्म) भारतबाट १ अर्ब ७० करोड रुपैयाँ बराबरको ४२ हजार मेट्रिक टन प्याज आयात भएको भान्सार विभागको तथ्यांकमा छ। नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुनेगरेको व्यवसायी बताउँछन्। नेपालमा ८० प्रतिशत भारतीय प्याज पाइन्छ। २० प्रतिशत आन्तरिक उत्पादन धान्ने गरेको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका वार्षिक प्रतिवेदनमा छ। नेपालमा करिब १५० जना व्यापारीले आलु–प्याज भारतसहित विभिन्न देशबाट आयात गर्दै आएका छन्।

  • रमेश भारती