ओली–देउवा भेट, दुवै खुशी देखिए

ओली–देउवा भेट, दुवै खुशी देखिए
  • २० मंसिर २०८२, शुक्रबार १७:१२

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् । भेटवार्तामा देउवा पत्नी आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । तस्वीरमा उनीहरू प्रफुल्ल मुद्रामा देखिन्छन् ।

mulpatra

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि देउवा र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आजै सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् । प्रधानमन्त्रीले आह्वान गरेको बैठक सुरु हुनुभन्दा ठीक अगाडि कांग्रेस–एमालेका शीर्ष नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

जेन–जी आन्दोलनपछि ओली प्रधानमन्त्रीबाट हट्नुपरेको थियो भने देउवामाथि निवासमै सांघातिक हमला भएको थियो । दुवै पार्टीका कार्यालयहरू जलेका थिए भने निवास पनि आगजनीबाट ध्वस्त भएका थिए ।