कृष्ण यादव बने कांग्रेसबाट मधेशको छैटौं मुख्यमन्त्री

कृष्ण यादव बने कांग्रेसबाट मधेशको छैटौं मुख्यमन्त्री
  • २० मंसिर २०८२, शुक्रबार १७:२०

काठमाडौं– मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ । प्रदेशमा नेपाली कांग्रेसले भने पहिलो पटक मुख्यमन्त्री पाएको छ ।

mulpatra

शुक्रबार उनले ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज मात्रै कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोसपासहित सात दलबिच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

यस्तै एमालेका सरोज यादवपछि कृष्ण प्रसाद यादव कांग्रेसबाट पहिलो मुख्यमन्त्री र मधेशका छैटौं मुख्यमन्त्री हुन् । एमाले सरोज यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटलमा शपथ गराएको भन्दै आलोचना भएको थियो ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेकपछि उनी मुख्यमन्त्री बनेको २६ औं दिनमा राजीनामा दिन बाध्य भएका थिए ।