शेखर समूहको बैठक सर्योः गगनलाई मनाउने प्रयास

शेखर समूहको बैठक सर्योः गगनलाई मनाउने प्रयास
  • २५ मंसिर २०८०, सोमबार १५:०२

२४ मंसिर, काठमाडौं । शेखर समूहको मंगलबारका लागि डाकिएको भेला पर धकेलिएको छ । कांग्रेसका शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास स्वरुप बैठक सारिएको पाइएको छ ।

mulpatra

सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।

शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।