‘हेर्दाहेर्दै’मा सन्दीप लामिछानेविरुद्धको मुद्दा
८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सुनुवाइ नसकिएपछि जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
आज हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुनेछ ।
