विदेशबाट गर्भ बोकेर फर्किएका महिला भन्छन,‘बच्चा कसको भन्नु’

विदेशबाट गर्भ बोकेर फर्किएका महिला भन्छन,‘बच्चा कसको भन्नु’
  • १३ पुष २०८०, शुक्रबार १५:५२

मोरङ घर बताउन ३३ वर्षकी (सविता सार्की) नाम परिवर्तन वैदेशिक रोजगारीमा युरोप जाने सपना बोकेर दुई वर्षअघि भारत पुगिन। उनलाई भारतीय रोजगार दलालले दिल्ली हुँदै माल्दिभ्स पठायो। सार्की माल्दिभ्समा घरेलु रोजगारीमा गएका कारण यौन हिंसामा परिन्। दुई वर्षअघि कोरोना महामारीमा माल्दिभ्स पुगेकी सार्की मालिकबाटै शारीरिक शोषणमा परिन्। सार्की मालिकबाट मात्र होइन। मालिककै सालो पर्ने आफन्तबाट समेत बलात्कारका सिकार बनिन्। दुई साताअघि ६ महिनाको गर्भ बोकेर नेपाल फर्किएकी सार्की अहिले बिच्चलीमा परेकी छिन्। गर्भ बोकेर आएका कारण उनी आफनो घर समेत फर्किन नसकेको बताउँछिन्। सार्कीका श्रीमान पनि कतारमा छन्। सार्की अहिले एक महिला सेल्टरमा छिन्। सार्कीका अनुसार गर्भ बोकेको थाहा पाएपछि मालिकले नेपालमै गएर उपचार गरेर भने पठायो। पेटमा बच्चा छ भन्दापनि मालिकले माल्दिभ्समा बस्न नदिएको उनले जानकारी दिइन्। विदेशमा गर्भ फाल्न समस्या हुँदो रहेछ। त्यही भएर मालिकले कानुनी समस्या पर्छ भनेर नेपाल पठाएको उनको आरोप छ। श्रीमानसँग सल्लाह गरेरै माल्टा जाने भनेर घरबाट हिडेको उनले बताइन्। ‘श्रीमान कै सल्लाहमा वैदेशिक रोजगारीमा गएको थिए। एक वर्षदेखि उहाँसँग सम्र्पक छैन। अब कसरी फोन गरेर यस्तो छु भन्नु। अरूकै गर्भ बोके फर्किएपछि के भनेर परिवारमा मुख देखाउनु सक्थेँ’ उनले भनिन। जसोतसो माल्दिभ्सबाट फर्किए। अहिले ‘मर्नु कि बाँच्नु’ जस्तो भएको उनी दुखसो गर्छिन। दुई वर्षमा ७ लाख तलब र घर फर्किने बेलामा १० लाख रुपैयाँ जति नेपाली पैसा मालिक दिएर पठायो। अहिले गर्भ बोेकेर फर्किएका कारण भविष्यमा कसरी बाच्नु भन्ने चिन्ताले सताइरहेको उनको गुनासो छ। सार्कीलाई मोरङकै विकास मोदीले भारत पु¥याएर एजेन्टलाई जिम्मा लगाएका थिए। अहिले मोदी सार्कीको सम्र्पकमा छैन। ‘गर्भ त लिएर स्वदेश फर्किए। यो बच्चा जन्माएर कसरी हुकाउनु भन्ने चिन्तामा छु। फेरी समाजमा बच्चालाई कसको सन्तान भनेर चिनाउनु हो। यो झन ठुलो समस्या हो’ उनले गुनासो गरिन। सार्की मात्र होइन। पछिल्लो समय केही घरेलु रोजगारीमा गएका नेपाली महिला रोजगारदाता देशबाटै गर्भ बोकेर फर्किन थालेका छन्। नेपालको एउटा गाउँबाट वैदैशिक रोजगारीका लागि गएकी अर्की महिला झन्डै चार वर्ष बलात्कारपछि धारण गरेको गर्भ लिएर स्वदेश फर्किन्। हाल उनीपनि एउटा सेल्टरमा शरण लिएर बसेकीछिन्। कुवेतबाट धेरै कमाउने लोभमा कोरोना महामारीमा इरान छिरेकी धादिङ घर बताउने २७ वर्षकी कविता मगर ७ महिनाको गर्भ बोकेर एक महिनाअघि नेपाल फर्किन्। उनी कुवेतमा अवैध रुपमा बसेका कारण नेपाली एजेन्टको लैहलैहमा लागेर इरान पुगिन्। इरानमा उनी दुई वर्ष घरेलु रोजगारीमा बन्दी जीवन बिताउन मात्र बाध्य भइन्। साहुबाटै बलात्कार हुँदा गर्भ बोकेर फर्किन्। इरानमा काका–भतिजबाट दुई वर्षसम्म लगातार बलात्कार हुँदा गर्भ बसेपछि उनलाई मालिकले केही पैसा दिएर स्वदेश पठाए। इरानमा दुई जना पुरुष मात्र भएको घरमा काम गर्न पुगे। त्यहीँ घरमा काका–भतिज मिलेर दुई वर्षसम्म बलात्कार गरेको मगरले जानकारी दिइन्। वैदेशिक रोजगारीमा अरुको देश गएपछि जे–जस्तो भएपनि सहेर काम गर्नुपर्ने बाध्यता भएको उनले बताइन्। ‘मेरो पेटमा गर्भ रहेपछि काका–भजितको झगडा गरे। काका तेरो, भजितले तेरो भनेर एक–अर्कोमा आरोप लगाए। अन्तिममा दुवै मिलेर नेपाल १५ लाख जति पैसा दिएर कुवेत हुँदै नेपाल पठाए।’ उनले भनिन। परिवारको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीमा जानुपरेको उनको गुनासो छ। अविवहित महिलाले सात महिनाको गर्भ बोकेर फर्किएको सुन्दा परिवार र समाज इज्वत जाने भन्दै मगर अहिले घर फर्किन सकेकी छैन्। एक वर्षदेखि परिवारसँग सम्र्पक समेत नभएको उनी बताउँछिन्। ‘पेटमा भएको बच्चा जन्माएपनि गाँउ–घर फर्किन सक्ने अवस्था हुँदैन्। त्यही भएर बच्चा जन्माएर फेरी वैदेशिक रोजगारीमा जानुपर्ला। अब मर्छु भन्दा पनि पाइदैँन होला।’ उनले भनिन,‘गर्भ लिएर आएपछि यो बच्चा जन्माएपछि हुकाउनु, पाल्नु र पढाउने त प¥यो?। यो सन्तानले भविष्यमा दुःख पाउँछ भनेर विदेश जानुपर्ने बाध्यता छ।।’ सार्की र मगरजस्तै, वैदेशिक रोजगारीका लागि ५ वर्षअघि लेवलान पुगेकी सल्यानकी २९ वर्षकी रमिला क्षेत्री (नाम परिर्वतन) एक वर्ष बच्चा हुकाएर बसेकी छिन्। गत वर्ष लेवलानबाट ७ महिनाका गर्भ बोकेर फर्किएकी रमिलाले महिला उद्धार केन्द्रको सहयोगमा बच्चा जन्माइन्। लेवलानमा सरकारी वकिलको घरमा ५ वर्ष काम गरेपनि २ वर्षयता उनी मालिकबाट बलात्कृत भइन्। हातमा कागतजात नभएका कारण स्वदेश फर्किन नसक्दा बलात्कृत हुनुपरेको रमिला बताउँछिन्। रमिला पनि भारत हुँदै वैदेशिक रोजगारीमा लेवलान गएकी हुन्। भाषा नजान्दा धेरै वर्ष लेवलानमा बन्दी जस्तै घरेलु रोजगारीमा काम गर्न बाध्य भएको उनले सुनाइन्। ‘लेवलान पुगेको ३ वर्षसम्म मालिकको श्रीमती घरमै थिइन्। त्यतिबेला सुरक्षीत थिए। मालिकनी युरोपको कुन देश गएपछि साहुले शारीरिक शोषण ग¥यो।’ उनले भनिन। गर्भ बोकेर फर्किँदा इज्जत जाने डरले घर जान सकेकी छैनन्। भने, परिवारलाई नेपाल आइपुगेको पनि जानकारी नगराएको उनको भनाइ छ। मालिकनी थाहा पाउने डर मालिकले विभिन्न सेटिङमार्फत नेपाल पठाएको उनले जानकारी दिइन्। अहिले महिला उद्धा संस्था र बालगृहमा काम गरेर उनीले जीविको पार्जन गर्दै आएकी छिन। गरिबीका कारण वैदेशिक रोजगारीमा जाँदा अहिले घरको घाटको भएर बाच्नु परेको उनको गुनासो छ। रमिला पनि विवहित महिला हुन्। उनी पाँचअघि नै श्रीमानसँग सम्बन्ध बिच्छेद गरी वैदेशिक रोजगारीमा गएकी थिइन्। वैदेशिक रोजगारीका शिलशिलामा स्वेच्छा, बाध्यतामा वा हिंसामा परेर महिला गर्भवती हुने अवस्था भएको बताउँछन्। विदेशबाट गर्भ बोकेर फर्किएका महिला सामान्य लेखपढ मात्र भएको पाइन्छ। उनीहरुलाई वैदेशिक रोजगारीका बारेमा सामान्य ज्ञान पनि छैन। हिमाल प्रेसले दुई वटा महिला सेल्टरमा बसेका महिलासँग कुराकानी गरेर यो रिपोर्ट तयार पारेको हो। रिपोर्टमा कुराकानी गरिएका महिला प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्तै, वैदेशिक रोजगारीमा गएका कतिपय महिला बलात्कार, गर्भ बोकेर, अलपत्र र बेचबिखन परेपछि स्वदेश फकाउनुपर्ने अवस्था छ। सरकार र नीजि क्षेत्रले यसरी वैदेशिक रोजगारीमा समस्या परेका महिला कामदारलाई उद्धार गरी स्वदेश फकाउने गरेका छन्। वैदेशिक रोजगारीबाट गर्भ बोकेर नेपाल फर्केका महिलाले आफू समाजमा पुनः स्थापित हुन निकै ठूलो समस्या हुने गरेको यस क्षेत्रका संघसस्थाले बताउँदै आएका छन्। वैदेशिक रोजगारीमा महिला कामदार दर बढेसँग असुरक्षा समेत बढ्न थालेको ती संस्थाले औैल्याएका छन्। वार्षिक ४० देखि ५० जना महिला गर्भवती भएर नेपाल फर्किनुपर्ने अवस्था भएको पौखरी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन्। रोजगारदाता देशमै वार्षिक २५ देखि ३० जना महिला गर्भवती भएर नेपाल फर्काइदिनू भन्दै सहयोग माग्ने गरेको उनले बताइन्। ‘सरकारले एकतिर घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगाएको छ। यसको फाइदा तस्करीले उठाइरहेका छन्। रोजगारदाता देशमा महिला कामदारमाथि भएको शारीरिक, आर्थिक र मानसिक शोषणका बारेमा सरकारले आवाज उठाउन सकेको छैन।’ उनले भनिन। सरकारकै कारण रोजगारीका नाममा महिला बेचबिखनमा पर्ने गरेको उनको आरोप छ। सरकारले कानुनीरूपमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा संस्थागत रुपमा १ सय ७८ वटा देशमा खुला गरेको छ। जसमा संस्थागत १ सय १२ वटा देश नेपाली कामदार जाने गरेका छन्। वैदेशिक रोजगारीमा गएका महिला कामदार गर्भ बोकेर आएको विषयमा जानकारी नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे बताउँछ। रोजगारदाता देशसँग गरिएको श्रम सम्झौता र श्रम स्वीकृति लिएर गएका महिला कामदारमा त्यस्तो समस्या भए सम्बन्धीत देशसँग कुटनीतिक तहमा छलफल हुने उनले बताए। अवैध बाटो भएर घरेलु रोजगारीमा गएको कतिपय महिला कामदार समस्या परेको सूचना पाएपछि सम्बन्धीत देशका नियोगले उद्धार गर्दै आएको उनको भनाइ छ। सरकारले २०७२ सालपछि मलेसिया र खाडीका ६ देशमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन श्रम स्वीकृति जारी गरेको छैन। कतिपय महिला घरेलु रोजगारीमा भारत हुँदै एजेन्ट र दलालमार्फत खाडीसँग मलेसिया गइरहेका छन्।