Close

Recent Posts

गौशाला २६ नाबालिक थिइननः अदालत

गौशाला २६ नाबालिक थिइननः अदालत
  • १३ पुष २०८०, शुक्रबार १६:४३

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ (छ)लाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बालिग ठहर गरेको हो । अदालतले गौशाला २६ को जन्म १८ असार २०६१ भएको र घटना हुँदा उनी १८ वर्ष पुगेको इजलासको ठहर छ ।

mulpatra

तर, १८ वर्ष उमेर पुगेको भए पनि नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर सन्दीपले करणी गरेको देखिएको अदालतको ठहर छ । 

सहमतिको करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ । ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस २५ गतेलाई पेशी तोकेको छ।