Close

Recent Posts

गौशाला २६ नाबालिक थिइननः अदालत

गौशाला २६ नाबालिक थिइननः अदालत
  • १३ पुष २०८०, शुक्रबार १६:४३

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ (छ)लाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बालिग ठहर गरेको हो । अदालतले गौशाला २६ को जन्म १८ असार २०६१ भएको र घटना हुँदा उनी १८ वर्ष पुगेको इजलासको ठहर छ ।

mulpatra

तर, १८ वर्ष उमेर पुगेको भए पनि नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर सन्दीपले करणी गरेको देखिएको अदालतको ठहर छ । 

सहमतिको करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ । ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस २५ गतेलाई पेशी तोकेको छ।

mulpatra mulpatra mulpatra