दुई युवा मृत्यु प्रकरणः युवा संघको विरोध प्रदर्शन

दुई युवा मृत्यु प्रकरणः युवा संघको विरोध प्रदर्शन
  • १५ पुष २०८०, आईतवार १४:११

काठमाडौं । ललितपुरकाे बालकुमारीमा दुई युवाकाे ज्यान गएकाे घटनाको विरोधमा नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघले प्रर्दशन गरेको छ ।

mulpatra

युवा संघले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे हाे । युवा संघले शान्ति सुरक्षा कायम गर्न नसकेकाे भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ ।

प्रदर्शनमा सहभागी युवा संघका नेता-कार्यकर्ताले नालायक सरकार चाहिँदैन युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए ।

शुक्रबार कोरियन भाषा परीक्षा (ईपीएस) परीक्षाकाे विषयमा भएकाे प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामकाे चौरपाटी-१ सिउडीका वीरेन्द्र शाहको ज्यान गएकाे थियाे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।