मध्यपश्चिम विश्वविद्यालयले भन्योः हामीलाई ताला तोड्न बाध्य नपारियोस

विगत ३ महिनादेखि विभिन्न दल निकटका प्राध्यापक र विद्यार्थी संगठनहरूले ताला लगाएर बसेका कारण मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्दप्रायः छ ।
गत १२ असोजबाट प्राजातन्त्रवादी, राष्ट्रिय प्रध्यापक, एकीकृत प्रगतिशिल प्राध्यापक नामका संगठन र विद्यार्थी संगठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लाएर बसेका छन् ।
जसका कारण विश्वविद्यालयको सम्पूर्ण कामकाज ठप्प रहेकोले
विश्वविद्यालयको केन्द्रीय कार्यालय र अन्य निकायहरूमा लागेको ताला पुष १८ सम्म खोली सहयोग गर्न प्राध्यापक र विद्यार्थी संघ संगठनलाई अनुरोध गर्दै एमयूले तोकिएको समयमा ताला नखोले प्रशासन लगाएर खोल्ने चेतावनी दिएको हो । हेर्नुहोस विज्ञप्तीः
