नक्कली शरणार्थी प्रकरणका ‘हाई प्रोफाइलहरु’ थुनामै



१५ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर आधा जसोलाई धरौटी वा सामान्य तारिखमा छाडेको उच्च अदालत, पाटनले उच्च तहका आरोपितहरुलाई भने पुर्पक्षका लागि थुनामा नै राख्ने आदेश सुनाएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा दुई न्यायाधीशवीच राय बाझिएको छ ।
उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका राजनीतिज्ञ, पदमा बसेकाहरु र प्रत्यक्ष जोडिएकाहरुलाई थुनामा पठाउने जिल्ला अदालतकै आदेश सदर गरेको हो ।