Close

Recent Posts

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी
  • २७ पुष २०८०, शुक्रबार १५:१६

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।

mulpatra

टीकापुर घटनामा रेशम चौधरीलाइै दोषी ठहर गर्दै तीनै तहका अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले आममाफी पाए, र रिहा भए ।

जेलमा छँदै आफ्नो संरक्षणमा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । जन्मकैद आममाफी पाएको विषयमा राष्ट्रपतिको समेत आलोचना भएको बेला उनै आममाफी पाएका व्यक्ति राजनीतिक दलको अध्यक्ष बनेर आउँदा कानुनी प्रश्न उठेको चर्चा चल्न थालेको छ ।
पार्टी हाल २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ ।