दाङमा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ पुग्यो
दाङको राप्ती नदीमा बस दुर्घटना हुँदा मृत्युहुनेको संख्या १२ पुगेको छ । शुक्रबार राती नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई पुलबाट नदीमा खसेको थियो ।

नदीमा खसेको बसमा सवार ३५ जना मध्ये ७ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागी लैजाने क्रममा बाटोमा मृत्यु भएको र १ जनाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भालुवाङ प्रहरीले जनाएको छ । राती करिब ९ः५७ मिनेटमा दुर्घटना भएकोले धेरैको ज्यान गएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा घाइते २२ जना मध्ये केहीको बुटवल, नेपालगन्ज र ६ जना भालवाङ अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्युहुनेमा २ भारतीय समेत रहेको पुष्टि भएको छ ।
