Close

Recent Posts

एमालेका ६ केन्द्रीय सदस्यद्वारा शपथ

एमालेका ६ केन्द्रीय सदस्यद्वारा शपथ
  • २ माघ २०८०, मंगलवार १४:५३

काठमाडाैं । नेकपा एमालेका ६ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

mulpatra

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयाेजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएकाे हाे ।

पार्टीको केही दिनअघि बसेको सचिवालय बैठकले तुलसीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह, दामोदर भण्डारी र दीपक थापालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

शपथग्रहण समारोहमा पार्टी पदाधिकारीहरुको पनि उपस्थिति थियो ।