‘युक्रेनी आक्रमण सबैभन्दा पहिला नेपाली मर्छन् कि घाइते हुन्छन्’
झापाका २७ वर्षीय समिर क्षेत्री गत वैशाख अन्तिममा रुसी सेनामा भर्ती भएका थिए। उनलाई रुस–युक्रेन युद्ध यति लामो चल्छ भन्ने लागेको थिएन। समिरलाई यूएईबाट रुसी सेनामा पठाउने भारतीय एजेन्टले पनि त्यही आश्वासन दिएको उनी बताउँछन्।

समिर पाँच वर्षदेखि यूएईको ‘गु्रप फोर’ कम्पनीमा सुरक्षा गार्डको रोजगारीमा कार्यरत थिए। उनले गत वैशाख अन्तिममा ९ लाख रुपैयाँ भारतीय एजेन्टलाई बुझाएर रुसी सेनामा भर्ती हुन् गए। समिर युक्रेनले गरेको रकेट बम आक्रमणमा परि घाइते भएपछि अहिले रुसी आर्मीको सिटी बोर्ड हस्पीटलमा उपचार गरिरहेको रुसमै बसोबास गर्दै आएका एक जना नेपाली जानकारी दिए। ती नेपाली रुसको मस्कोमा होटल व्यवसायी गर्दै आएका छन्।
उनकै सहयोगमा हिमाल प्रेसले समिरसँग कुराकानी गर्ने मौका पाएको थियो। यूएईबाट एक वर्षयता नै रुसी सेनामा नेपालीहरु भर्ती भइरहेका थिए। यो विषयमा साथीहरुले पटक–पटक भनेपनि, आफुले चासो नदिइ बसेको समिरले बताएका छन्। रुसी सेनामा भर्ती हुने विदेशी नागरिकले पाँच वर्षमै पेन्सन, ३ करोड नेपाली पैसा, मासिक ३ लाखभन्दा बढी तलब, रुसकै पिआर र अन्य सुविधा पाउने आश्वासनमा धेरै नेपाली फस्ने गरेको समिरले बताए। ‘रामेछापका विकास कार्की नेपाल आर्मीको जागिर छाडेर यूएई प्रहरीमा आएको थिए। उनैको सल्लाहमा रुसी सेनामा गए।
![]() |
![]() |
![]() |
|---|
हामी ११ जना नेपाली एकै पटक रुसी सेनामा भर्ती भएर यहाँ आयौं। अरु कहाँ छन् थाहा छैन।’ उनले भने,‘रुसी सेनामा भर्ती भएका नेपालीले अहिले सबैभन्दा बढी दुःख पाएका छन्। यहाँ भर्ती भएका नेपालीहरु कसरी भाग्ने की घाइते भएर भएपनि ज्यान बचाउने सोचमा छन्। यो नै एक मात्र उपाय हो।’ रुसी सेनामा भर्ती भएका नेपाली समस्यमा परे पनि भन्ने उद्धारका लागि गुहार माग्ने संयन्त्र नभएका कारण झन् समस्यामा पर्ने गरेको उनको भनाइ छ।
रुसी सेनााम भर्ती भएका नेपालीहरुलाई पहिलो घेरामा राखिन्छ। युक्रेनले आक्रमण गर्दा पहिला नेपाली मर्छन् कि घाइते हुन्छ। सामान्य तालिम गराए युद्ध संलग्न गराउँदा धेरै नेपालीले ज्यान गुमाउनुपरेको समिर बताउँछन्। रुसी सेनामा भर्ती भएका नेपाली हातियार चलाउन जान्दैन्। नेपालीलाई सामान्य हातियार मात्र चलाउन सिकाएका कारण युक्रेनले आक्रमण गर्दा पहिला नै घाइते र मर्नुपर्ने अवस्था भएको समिरको भनाइ छ। रुसी सेनामा भर्ती भएका एक सयभन्दा बढी नेपालीको मृत्यु भएपनि रुसी सेनाले सूचना लुकाएको उनको दाबी छ।
पाँच सयभन्दा बढी घाइते र २ हजारभन्दा धेरै रुसी सेनामा भर्ती भएको यहाँ रहेको नेपालीहरुले बताउने गरेका छन्। यसरी भए घाइते समिर रुस सेनामा भर्ती भएको २७ दिन तालिम गरेपछि युक्रेनी युद्धमा होमिएको समिर बताउँछन्। पहिला एक महिना तालिम गराउँथे। अहिले नेपालीलाई १५ दिन मात्र तालिम गराएर युद्धमा पठाउने गरेको समिरले जानकारी दिए। दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमियाभन्दा करिब ४० किलोमिटर टाढा रुसले कब्जा गरेको भु–भाग छ। त्यो क्षेत्रलाई युक्रेनी सिनी भनेर चिनिँदो रहेछ। त्यही क्षेत्रमा रुसी सेनाका तीन युद्ध क्याम्पमा ३ सयभन्दा बढी सेना थिए। त्यो ब्यारेकमा मसहित ११ जना पनि कार्यरत रहेको समिरले बताए। उनका अनुसार युक्रेनी प्रायद्वीप क्राइमियाभन्दा पश्चिमतिर ठुलो हिउँ जम्ने पहाड छ। त्यो पहाडनजिकै युक्रेनी सेनाको ठुलो ब्यारेक छ।
Image Source: © https://mulpatra.com
रसियान सेनाले भनेको त्यो ब्यारेकमा अमेरिकी र युक्रेनलाई सहयोग गर्न अन्य देशबाट रुसविरुद्ध लड्न आएका सेना पनि थिए भन्ने सुनेको समिरले सुनाए। अक्टोबर २३ तारिख जस्तो लाग्छ। मलाई समय ठयाकै याद छैन। रुसी सेना बसेको क्याम्पमाथि साँझ साढे ५ बजे हिउँको जस्तै रङ भएको गिद्धजस्तो चरो उडेर आएको केही समयपछि युक्रेनी सेनाले रकेट बम आक्रमण गरे। गिद्धलाई के हो भनेर रुसी सेनाले तलबाट हवाई फयारिङ गरेर त्यसपछि पहाडको एउटा कुनाबाट रकेट बमसहित युक्रेनी सेनाले आक्रमण थालेको समिरले बताए। ‘यति बम पड्कियो कि पछि त थाहा नै भएन।
लगातार १० घण्टा जति रुस– युक्रेनबीच युद्ध चल्यो। म रुसी सेनाको ३१ जनाको गु्रपमा थिए। हाम्रो समुहको काम युद्धका क्रममा कोही घाइते भए उनीहरुलाई बोक्ने र सामान्य उपचार गर्ने थियो।’ उनले भने, ‘हाम्रो गु्रप भएको ठाँउमा समेत खोई कहाँबाट के पड्कियो। मसहित ७ जना जति सिधै ढल्यौं। म त बेहोस भएछु। एक घण्टापछि होसमा आउँदा त दाइने खुट्टा र टाउमा चोट लागेको रहेछ।’ घाइते भएपछि दुई दिन जति सामान्य उपाचार क्याम्पै गरेपछि मात्र रुसी सेनाको हेलिकप्टरले हस्पीटल ल्याएको समिर बताउँछन्।
उनका अनुसार युक्रेनले आक्रमण गरेको समय म डब्लु भन्ने क्याम्पको मुनि थिए। त्यो क्याम्पमा रकेट बम नै आक्रमण भएको रहेछ। अहिलेसँगै उपचार भइरहेका रुसी सेनाकै साथीहरुले सुनाउने गरेको उनले बताए। ‘दाइने हात बमको बाछिटाले पुरै जलेको छ। भने दाइने खुट्टाको तिघ्रा र घुडामुनिको एउटा नसा चुटिएको छ रे। अहिले उपचार भइरहेको छ। उपचार सकिएपछि स्वदेश फर्किने योजना बनाइरहेको छु।’ आफु बसेको क्याप्ममा रुसी सेनाको ठुलै आइटी कर्मचारी पनि घाइते भएका कारण म पनि बाँचे। नत्र हिउँमै पुरिएर ज्यान जाने उनको भनाइ छ। युक्रेनसँग भएको युद्धमा परेर मृत्युका रुसी आर्मीको शव भेटिदैन्।
आक्रमण भएको स्थानमा आगो नै लाग्छ। त्यही भएर रुसी सेनामा भर्ती भइ मरेको नेपालीको पनि शव भेटन् मुश्किल हुने उनको दाबी छ। रुसी सेनामा भर्ती भएका १३ जना नेपालीको मृत्यु भएको छ। रुसले सन् २०२२ को फेब्रुअरी २४ तारिकमा युक्रेनमाथि आक्रमण गरेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुग्दै छ। अहिले पनि यी देशबीच युद्ध चलिरहेको छ।



