सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?म्यानपावर पक्राउने डिजी, सचिव र मन्त्रीको धाक, हुण्डी कारोवारीसँगै बिचौलिया व्यवसायीको साथ
काठमाडौं–खाडीका देश र मलेसिया वैदेशिक रोजगारीको सेवा शुल्कबापत १० हजार रुपैयाँको सेवा शुल्क तोक्ने निर्णय अव्यवहारिक रहेको व्यवसायीहरु आन्तरिक विरोधको तयारीमा जुटका छन् ।

तर वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भने केही म्यानपावर व्यवसायी पक्राउ गर्नुपर्छ भनेर युवा, श्रम तथा रोजगार मन्त्रालयले धाउने गरेका छन् ।
गत साता गुृरुङ गौशला प्रहरीमा केही व्यवसायीको नाम लिएर पुगेका थिए । हाल प्रहरी र वैदेशिक रोजगार विभागले हानिरहेका कतिपय छापा उनैले कतिपय म्यानपावर कम्पनीको नाम दिएको विभागकै स्रोतले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन असहज भएको भन्दै व्यवसाय त्रासमा रहेकै बेला संघका अध्यक्ष गुरुङ भने अहिले व्यवसायीमाथि नै धरपकड गराउन लागेका छन् ।
संघका अध्यक्ष गुरुङनै मलेसियाबाट १० हजार रिग्रेटमा भिसा किनेर ल्याइ साढे ५ लाख पैसा लिएर कामदार पठाउने गरेको उजुरी श्रम मन्त्रालयका सचिव दिपक काफ्ले र विभागकी महानिर्देशक मिरा आचार्यलाई परेको छ ।
तर ठगिमा संलग्न संघकै अध्यक्ष भुवन गुरुङलाई भने किन कारवाही भएन भन्ने प्रश्नको विषय बनेको छ । अध्यक्षले मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर ल्याइ साढे ५ लखा कामदार लागत उठाइरहेको मौखिक उजुरी अध्यक्षका नाममा परेको थियो । तर उनलाई कारवाही गर्ने विषय कहाँ पुग्यो थाहा नभएको विभागका एक उच्च कर्मचारीले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
यस विषयमा हामीले श्रम मन्त्रालयका सचिवलाई सोध्न फोन गर्दा उनको फोन उठेन ।
संघको विधानमा उनी अवैध अध्यक्ष भइसकेपनि वैदेशिक रोजगारी क्षेत्रका बिचौलिया, हुण्डी कारोवारी र कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङको आडमा व्यवसायीलाई धम्क्याउँदै आएका छन् ।
अध्यक्ष गुरुङले अहिले जापान रोजगारीमा सिण्डिकेटको चलखेलमा जोडिएको प्रेम कटुवाल र उनी हेम गुरुङको आडमा वैदेशिक रोजगारी क्षेत्रमा श्रम मन्त्रालयको नाम लिएर धम्क्याउने गरेको व्यवसायीको गुनासो छ ।
आफुविरुद्ध लागेका व्यवसायीलाई कटुवाल र गुृरुङले खर्च गर्ने आफुले तह लगाउने भनेर मन्त्रालयको नाममा धम्क्याउँदै आएको व्यवसायीकै गुनासो छ ।
श्रममन्त्री, सचिव र विभागको डिजीलाई पैसा खुवाएर आफनो हातमा राखेको र तेरो म्यानपावर छापा हान्न कसैका बाउले नछेक्ने भन्दै गुरुङले धम्क्याउने गरेको धेरै व्यवसायीको गुनासो छ ।
उनले हेम गुरुङ र प्रेम कटुवालले पैसा खर्चिने र आफुले संघ चलाउने भन्दै उनले व्यवसायीलाई धम्क्याउने गरेको व्यवसायीकै गुनासो छ ।
श्रममन्त्री, सचिव–डिजीलाई पैसा खुवाएर हातमा राखेको भन्दै व्यवसायी धम्काउने अध्यक्ष हुण्डी कारोवारी हेम गुरुङ र बिचौलिया व्यवसायीको कटुवालको नाममा लिने गरेका छन् ।
२ साताअघि नै वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (मेनपावर कम्पनी) लाई प्रचलित कानुुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्कबापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाइ बुझाउनु हुन अनुरोध छ ।
विभागले अबदेखि रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रूपमा राख्नसमेत अनुरोध गरेको छ ।
हाल म्यानपावर व्यवसायीमा सरकारले छापा हान्ने काम भइरहेको छ । त्यसमा कतिपय म्यानपावरको नाम भने अध्यक्षले नै सिफारिस गदै आएको श्रम मन्त्रालयको भनाइ छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



