Close

Recent Posts

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

ट्रम्प पछि पुटिन पुगे बेजिङ, आज सी र पुटिन बीच बाता

ट्रम्प पछि पुटिन पुगे बेजिङ, आज सी र पुटिन बीच बाता
  • ६ जेष्ठ २०८३, बुधबार १०:४६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै सम्पन्न चीन भ्रमणपछि रुसी राष्ट्रपति भाल्दीमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार बेइजिङ पुगेका छन्। बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले पुटिनको स्वागत गरेका थिए।

mulpatra

बुधबार चिनियाँ राष्ट्रपति सि जिनपिङ र पुटिनबीच द्विपक्षीय वार्ता हुँदैछ, जहाँ रुस–चीन सम्बन्ध, व्यापार, ऊर्जा तथा रणनीतिक सहकार्यका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

भेटमा पुटिन र सीबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दा माथि केन्द्रित विभिन्न सन्चार माध्यमले जनाएका छन्। भ्रमणका क्रममा दुई देशबीच करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ, जसमध्ये २१ वटा सम्झौतामा दुई राष्ट्रपतिका उपस्थितिमै हस्ताक्षर गरिने जनाइएको छ। दुवै देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ थप सुदृढ गर्ने विषयमा संयुक्त वक्तव्यसमेत जारी गर्ने तयारी गरेका छन्।

mulpatra mulpatra mulpatra

विशेषज्ञहरूले ट्रम्पपछि पुटिनको चीन भ्रमणलाई विश्व राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा व्याख्या गरेका छन्। युक्रेन युद्ध र विश्वव्यापी शक्ति प्रतिस्पर्धाका बीच चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलित राख्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ। पछिल्ला वर्षहरूमा रुस–चीनबीच व्यापार, रक्षा, ऊर्जा र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य तीव्र रूपमा विस्तार हुँदै गएको छ।