Close

Recent Posts

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

सदनमा श्रम संस्कृति पार्टीको प्रदर्शन, समामुखले दिए चेतावनी

सदनमा श्रम संस्कृति पार्टीको प्रदर्शन, समामुखले दिए चेतावनी
  • ६ जेष्ठ २०८३, बुधबार ११:३५

काठमाडौं । सदनमा श्रम संस्कृति पार्टीका सांसदहरु पर्चा देखाउँदै आज पनि विरोध जनाएका छन् । सदनप्रति सरकारको जवाफदहिताको माग गर्दै श्रम संस्कृति पार्टीले आजको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ ।

mulpatra

श्रम संस्कृतिका अध्यक्ष तथा सांसद हर्कराज राईले जनताको प्रश्न गर्दा सरकारले नसुनेको आरोप लगाएका छन् । संसद प्रति र जनता प्रति जवाफदेहि हुन समेत राईले सभामुखले रुलिङ गर्नु पर्ने माग समेत राखेका छन् । सदन प्रति सरकार जवाफ देहि नभएकामा आपत्ति समेत जनाएका छन् ।

यता सभामुख डोलप्रसाद आर्यलले दैनिक प्रदर्शन गरेको भन्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियापलाप र व्यवहार सच्याउन चेतावनी दिए ।
सभामुखले श्रम संस्कृति पार्टीले संसदमा दैनिक अभद्र व्यवहार गरेको भन्दै प्रतिनिधिसभा नियमावली को नियम ३० मा रहेको व्यवस्था प्रति ध्यानाकर्षण गरेका छन् । प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम व्यवहार र क्रियाकलपा सच्याउन समेत श्रम संस्कृति पार्टीलाई उनले चेतावनी दिएका हुन् ।

mulpatra mulpatra mulpatra