बागलुङमा नागरिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात प्रयास
बागलुङमा नागरिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात प्रयास भएको छ।

बिहीबार दिउँसो बागलुङ सदरमुकाममा आफ्नो अभियानको कार्यक्रममा सहभागी हुने क्रममा स्टेजमा उक्लिने बेला एक पुरूषले प्रसाईंमाथि हातपात प्रयास गरेका हुन्।
आक्रमण प्रयास गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए। पक्राउ पर्नेमा बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतम छन्। उनले किन हातपात गरेका थिए भन्ने नखुलेको डिएसपी केसीले बताए।
![]() |
![]() |
![]() |
|---|



