सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरको निर्देशन

सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरको निर्देशन
  • ५ माघ २०८०, शुक्रबार १४:३६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी गर्दै सुन्दर विद्यालय परियोजना अन्तर्गतको बजेट खर्च गरी माघ २१ गतेभित्र प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएका हुन् ।  

महानगरले सामुदायिक विद्यालयको वातावरण सफा, सुन्दर र कलात्मक बनाउन सुन्दर विद्यालय परियोजना अन्तर्गतको पहिलो चरणको बजेट निकासा गरेको थियो ।  

बजेट निकासाका क्रममा महानगरको शिक्षा विभाग र विद्यालयबिच भएको सम्झौता र उपलब्ध गराइएको नर्म्स बमोजिम निकासा बजेट नियमानुसार खर्च गरी अनिवार्य रुपमा प्रगति प्रतिवेदन पेस गर्न महानगरले भनेको हो । यस्तै महानगरले  दोस्रो चरणको बजेट माग गर्न पनि आग्रह गरेको छ ।